सरकारी कार्यालयमा शिशु स्याहार केन्द्रको व्यवस्था गरियोस्ः सांसद बडु | Khabarhub Khabarhub

सरकारी कार्यालयमा शिशु स्याहार केन्द्रको व्यवस्था गरियोस्ः सांसद बडु


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सबै सरकारी कार्यालयमा शिशु स्याहार केन्द्रको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सांसद बडुले सरकारी सेवामा काम गर्ने महिला कर्मचारीको पीडालाई सम्बोधन गर्न पनि सरकारले सबै सरकारी कार्यालयमा शिशु स्याहार केन्द्र स्थापनामा ढिलाई गर्न नहुने स्पष्ट पारे ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उनले कर्मचारीलाई ट्रेड युनियनको अधिकारबाट बन्चित गर्न नहुनेतर्फ पनि सरकारलाई सचेत गराए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद झपट रावलले कर्मचारीहरुको सेवा र सुविधा उपलब्ध गराउने समितिको नेतृत्व कर्मचारी संगठनहरुलाई दिने व्यवस्था नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

न्यायको दृष्टिकोणले पनि कर्मचारीहरुको सेवा, सुविधा दिने समितिको नेतृत्व उनीहरुलाई दिन नमिल्ने उनको तर्क थियो । सांसद रावलले कर्मचारीहरुलाई अझै जवाफदेही बनाउने गरी कानूनी व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।

विधेयकमा कर्मचारीहरुको सेवा, सुविधा उपलब्ध गराउने व्यवस्था गर्न एक समिति गठन गर्ने प्रस्ताव गरिएको छ । तर त्यसको नेतृत्व कर्मचारी संगठनहरुलाई दिनु न्यायका दृष्टिले पनि उपयुक्त नहुने सांसद रावलको तर्क छ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ३ : २५ बजे

बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई खोप

ढोरपाटन– बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरुद्धका

बझाङमा एमाले ३४१ मतले अगाडि, साइपालको करिब हजार मत गन्न बाँकी

बझाङ- बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

काठमाडौं – कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

रारा क्षेत्रमा अष्ट्रेलियन कम्पनीले सवा अर्ब खर्चेर लक्जरी रिसोर्ट बनाउने

काठमाडौं – नेपालकै ठूलो एवम्‌ मनोरम पर्यटकीय गन्तव्य रारामा अष्ट्रेलियन

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान

बेइजिङ– आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क सुरक्षा मञ्जुरी प्राप्त