धर्मशास्त्रअनुसार तपाईंले केही गोप्य राख्नैपर्ने कुराहरु यी हुन् | Khabarhub Khabarhub

धर्मशास्त्रअनुसार तपाईंले केही गोप्य राख्नैपर्ने कुराहरु यी हुन्


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सामान्यतया आफ्नो जिवनमा घटेकता तथा आफूले गरिरहेका कुनैपनि कुरा आफ्नो साथीभाइ तथा आफन्तलाई सेयर गर्नु कुनै आश्चर्य होइन । तर धर्मशास्त्र अनुसार कतिपय कुरा यस्ता हुन्छन् जुन कुरा तपाईंले झुक्किएर पनि अरु सँग सेयर गर्न हुँदैन । के हुन् त ति गोप्य राख्नुपर्ने कुराहरु–

दान : धर्मशास्त्र अनुसार तपाईंले दान कसलाई र कति दिनुभएको छ भन्ने कुरा अरु कसैलाइ पनि भन्नु हुँदैन । तपाईंले फलानोलाई यति दान गरेँ भन्दै हिड्नु भयो भने त्यो दानको फल प्राप्त हुदैन ।

मन्त्र : यदि तपाईंलाई कुनैपनि गुरुले मन्त्र दिनुभएको छ भने त्यो मन्त्रलाई पनि गोप्य राख्नुस् । धर्मशास्त्र अनुसार गुरुले दिएको मन्त्र अरुलाई सुनाउँदै हिड्नु भयो भने त्यो मन्त्रले काम गर्दैन ।

घर परिवारको झगडा : तपाईंको परिवारमा पनि कहिलेकाहीं घर झगडा पर्न सक्छ । यो सामान्य कुरा हो । तर यो कुरा ख्याल राख्नुस् कि आफ्नो घरभित्र भएको झगडा अरु कसैलाई सुनाउनु हुँदैन । यदि सुनाउनु भयो भने अरुले तपाईंको कमजोरी थाहा पाएर त्यसैमा खेल्न सक्छन् ।

अपमान : तपाईं कहिं कतै जानु भयो र कसैबाट अपमानित हुनु भयो भने त्यो कुरा पनि गोप्य नै राख्नुस् । किनकी त्यही कुरालाई लिएर अरुले पनि तपाईलाई पटक–पटक खिल्ली उडाउने, होच्याउने काम गर्न सक्छन् ।

यौन सम्बन्ध : तपाईंले कसैसँग यौन सम्बन्ध राखेको कुरा पनि सँधै गोप्य राख्नुस् । यो कुरा अरुलाइ भनेर मजा लिनु राम्रो हुँदैन । यसले नकरात्मक असर पार्न सक्छ ।

पद तथा प्रतिष्ठा : सामान्यता कुनैपनि मानिसहरुमा पद प्रतिष्ठा प्राप्त गरेपछि मात्तिने स्वभाव हुन्छ । तर, पद र प्रतिष्ठाको विषयमा सकेसम्म आफूले अरुसँग कुरा गर्नु हुँदैन ।

धन हानी : कहिं कुनै कारणले तपाईंको धन हानी भयो भने पनि त्यस्तो कुरा गोप्य राख्नुस् । यस्ता कुराहरु अरुसँग सुनाएर पनि तपाईको धन फर्किने होइन । यसबाट तपाईंको मजाक उडाउने बाहेक अरु केही हुँदैन ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ६ : १२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका