आर्थिक विकासलाई केन्द्रमा राखेर कूटनीतिक सम्बन्ध राख्न आग्रह « Khabarhub

आर्थिक विकासलाई केन्द्रमा राखेर कूटनीतिक सम्बन्ध राख्न आग्रह


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले मुलुकको आर्थिक विकासलाई केन्द्र भागमा राखेर कूटनीतिक सम्बन्धलाई दीगो बनाइरहेको दावी गरेका छन् ।

मन्त्री ज्ञवालीले मुलुकको तीव्र आर्थिक विकास हुनेगरी कूटनीतिक पहलकदमी लिन राजदुतहरुलाई पनि आग्रह गरे । मंगलबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सरकारले सन्तुलित ढंगले परराष्ट्र नीतिलाई अघि बढाएको बताए ।

मन्त्री ज्ञवालीले नेपालको कूटनीतिलाई सन्तुलित ढंगले अघि बढाउन पूर्व राजदुतहरुको अनुभवलाई सरकारले ग्रहण गरिरहेको पनि स्मरण गराए । मन्त्री ज्ञवालीले राष्ट्रहितमा केन्द्रित हुने गरी सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई अघि बढाएको पनि बताए ।

कार्यक्रममा मन्त्री ज्ञवालीले ‘नेपालको कूटनीतिक अभ्यासमा पूर्व राजदुतहरुको अनुभव’ नामक पुस्तक पनि विमोचन गरेका थिए ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ६ : ३० बजे

‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदार स्वदेश फिर्ता

काठमाडौं– ‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ मा सहभागी

‘गुण्डुमा जेएनको शरीरसँगै राजनीतिक आस्था र विश्वास पनि ढालियो’

काठमाडौं– नेकपा एमालेका नेता कर्णबहादुर थापाले बागमती प्रदेश संसदीय नेता

शेरधनसहितको बैठकमाा ओलीलाई हिक्मतको जवाफ : पार्टीले निर्णय नगरेसम्म राजीनामा दिन्नँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफ्ना कुरा राखेर

बङ्गलादेशको गार्मेन्ट क्षेत्रमा रोजगारी संकट गहिरिँदै, सयौँ कारखाना बन्द

बङ्गलादेश– बङ्गलादेशको अर्थतन्त्रको प्रमुख आधार मानिने तयारी पोशाक (गार्मेन्ट) उद्योग गम्भीर