अष्ट्रेलियामा बन्नेभयो नेपाली सामुदायिक केन्द्र « Khabarhub

अष्ट्रेलियामा बन्नेभयो नेपाली सामुदायिक केन्द्र


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुले सामुदायिक केन्द्र निर्माण गर्ने भएका छन् ।

न्यू साउथ वेल्सको कम्बरल्याण्डमा केन्द्रको भवन निर्माण गर्न लागिएको छ । नेपालीहरुको सामाजिक काम, जमघट, चाडपर्व आदिका लागि केन्द्र बनाउन लागिएको केन्द्रका निर्देशक गोवा कटुवालले बताए ।

पेगोडा शैलीमा बन्ने दुई हजार पाँच सय वर्गमिटर ओगट्ने तीनतले सो भवनका लागि चालीस लाख अष्ट्रेलियाली डलर लाग्ने बताइएको छ । भवन परिसरमा पशुपतिनाथ र लुम्बिनीको प्रतिकृति पनि राखिने बताइएको छ । सन् २०२० भित्र बन्ने सो भवनमा सबै नेपालीको स्वामित्व रहने गरी शेयर वितरण पनि हुनेछ ।

यसलाई कम्पनी लिमिटेडका रुपमा सञ्चालन गरिने छ । भवन निर्माणको स्वीकृतिका लागि स्थानीय प्रशासनमा प्रस्ताव प्रस्तुत गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ८ : २५ बजे

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले