फ्राइडे रिलिज: हलमा एकसाथ ३ फिल्म रिलिज « Khabarhub

फ्राइडे रिलिज: हलमा एकसाथ ३ फिल्म रिलिज


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रबारबाट सिनेमा घरमा ३ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘साइनो’, ‘रे’ र ‘काँचुली’ प्रदर्शनमा आएका हुन् ।

चलचित्र ‘साइनो’लाई रमेश थापाले निर्देशन गरेका हुन् । नेपालकै पहिलो नायिका भुवन चन्दले निर्माण गरेको यो फिल्ममा नीता ढुंगाना, मिरुना मगर, राजकुमार, राजा राजेन्द्र पोखरेल, भुवन थापा चन्द, मदनदास श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

‘साइनो’ को कथा अभिमन्यु निरवीले लेखेका हुन् भने फिल्ममा त्रिकोणात्मक प्रेमकथा छ ।

यस्तै चलचित्र ‘रे’ पनि आजैबाट प्रदर्शनमा आएको छ । फिल्ममा सुनील थापा, दीवस धिताल, सुजता थापा, क्रान्ति रसाइली, पूर्णिका लामा लगायतका कलाकारले अभिनय गरेका छन् । केही हप्ता भएको यो फिल्मको ट्रेलरलाई एक्सनमा देखाइएको थियो ।

आजैबाट प्रदर्शनमा आएको चलचित्र ‘काँचुली’ मा ईश्वर खाती, रश्मी भट्ट, शुभेच्छा थापा, राजन महर्जन लगायतका कलाकारले अभिनय गरेका छन् ।

चर्चाका हिसाबले ‘साइनो’ को राम्रै चर्चा भए पनि अरु दुई चलचित्रले खासै हाइप बनाउन सकेका छैनन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  १२ : २६ बजे

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन