फ्राइडे रिलिज: हलमा एकसाथ ३ फिल्म रिलिज « Khabarhub

फ्राइडे रिलिज: हलमा एकसाथ ३ फिल्म रिलिज


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रबारबाट सिनेमा घरमा ३ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘साइनो’, ‘रे’ र ‘काँचुली’ प्रदर्शनमा आएका हुन् ।

चलचित्र ‘साइनो’लाई रमेश थापाले निर्देशन गरेका हुन् । नेपालकै पहिलो नायिका भुवन चन्दले निर्माण गरेको यो फिल्ममा नीता ढुंगाना, मिरुना मगर, राजकुमार, राजा राजेन्द्र पोखरेल, भुवन थापा चन्द, मदनदास श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

‘साइनो’ को कथा अभिमन्यु निरवीले लेखेका हुन् भने फिल्ममा त्रिकोणात्मक प्रेमकथा छ ।

यस्तै चलचित्र ‘रे’ पनि आजैबाट प्रदर्शनमा आएको छ । फिल्ममा सुनील थापा, दीवस धिताल, सुजता थापा, क्रान्ति रसाइली, पूर्णिका लामा लगायतका कलाकारले अभिनय गरेका छन् । केही हप्ता भएको यो फिल्मको ट्रेलरलाई एक्सनमा देखाइएको थियो ।

आजैबाट प्रदर्शनमा आएको चलचित्र ‘काँचुली’ मा ईश्वर खाती, रश्मी भट्ट, शुभेच्छा थापा, राजन महर्जन लगायतका कलाकारले अभिनय गरेका छन् ।

चर्चाका हिसाबले ‘साइनो’ को राम्रै चर्चा भए पनि अरु दुई चलचित्रले खासै हाइप बनाउन सकेका छैनन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  १२ : २६ बजे

च्याउखेतीमा भविष्य खोजीरहेका देवराज स्याङ्तान

बनेपा–  बिहानको पाँच बजेसम्म पनौतीको  जनजीवन शान्त देखिन्छ । अधिकांश

जुन बस चढेर आएकी थिइन् त्यही बसले किचेर मृत्यु

मकवानपुर– भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३

१० ओभरको खेल सकिँदा ६६ रन बनाएको काठमाडौँले गुमायो चार विकेट

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित