साफ यु–१५ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भारत भिड्ने « Khabarhub

साफ यु–१५ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भारत भिड्ने


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साफ यु–१५ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले पहिलो खेल भारतसँग खेल्ने भएको छ ।

आगामी अक्टोबर ९ देखि १५ सम्म भुटानमा चल्ने प्रतियोगितामा नेपालले प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भारतसँग खेल्ने पक्का भएको हो । साफ महिला च्याम्पियनसिपमा नेपालसहित भुटान, भारत र बंगलादेश रहेका छन् ।

पहिलो खेल भारतसँग अक्टोबर ९ मा खेल्ने नेपालले दोस्रो ११ तारिखमा बंगलादेशसँग खेल्नेछ भने तेस्रो तथा प्रतियोगिताको अन्तिम खेल १३ तारिखमा घरेलु टोली भुटानसँग खेल्नेछ ।

लिग चरणका शिर्ष दुई टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । दक्षिण एसियामा नेपालभन्दा तुलनात्मक रुपमा बलियो भारतसँग  नेपाल पहिलो खेलमै प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  २ : ५० बजे

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट