खाडीका देशमा एक हप्ता विदा, नेपाली कामदारलाई पनि फाइदा | Khabarhub Khabarhub

खाडीका देशमा एक हप्ता विदा, नेपाली कामदारलाई पनि फाइदा


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ईस्लाम धर्मावलम्वीहरुको चाँड ईद अल अधाको अवसरमा खाडी मुलुकमा एक हप्ता विदा हुने भएको छ ।

मुस्लीम धर्मावलम्बीहरुले आगामी अगस्ट ११ देखि १५ सम्म ईद अल अधा मनाउँदै छन् । उक्त अवसरमा खाडीका विभिन्न देशमा कार्यरत विदेशी कामदारले पनि एक हप्ता विदा पाउने भएका छन् ।

त्यसमध्ये तीन दिन चाँहि कामदारले तलबसहितको बिदा पाउने छन् । अनिवार्य सेवाका भएपनि ईदको पहिलो दिन विदेशी कामदारहरुले अनिवार्य बिदा पाउने छन् ।

कतार सरकारले ईदका अवसरमा सरकारी कार्यालयमा ५ तथा निजी क्षेत्रमा तीन दिनको बिदाको घोषणा गरेको छ। कतारस्थित नेपाली दूतावासले अगस्ट ११ र १२ तारिखमा कार्यालय विदा गरिने सूचना प्रकाशित गरेको छ ।

साउदीस्थीत नेपाली दूतावासले ईदको समयमा सतर्क रहन नेपाली कामदारसहित नेपाली समुदायलाई आग्रह गरेको छ ।

दूतावासले विज्ञप्ति जारी गर्दै ईदमा लामो छुट्टी हुने भएकाले मद्यपान गरी झगडा नगर्न तथा उक्त समयलाई खेलकुद, भेटघाट तथा रमाइलो गर्दा सहज रहन आग्रह गरेको छ । यस्तै, ओमन, कुवेत, बहराइनलगायतका देशले पनि अधाको अवसरमा नियोग बन्द हुने जनाएका छन् ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ४ : २६ बजे

प्रधानमन्त्री दाहाल र कतारका अमिर थानीबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम

गोरखा भूकम्पको ९ वर्ष : बारपाककाे फेरियो स्वरूप (तस्बिरहरु)

गोरखा– २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू