बायर्न म्युनिखले गर्यो २३ गोल, पाँच खेलाडीले गरे ह्याट्रिक « Khabarhub

बायर्न म्युनिखले गर्यो २३ गोल, पाँच खेलाडीले गरे ह्याट्रिक


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनको लिग वान क्लब बायर्न म्युनिखले प्रि–सिजनको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एफसी रोट्याग एगर्नमाथि गोलको बर्षा गरेको छ ।

बायर्नले रोट्याग एगर्नलाई बिहीबार राति भएको खेलमा २३–० गोल अन्तरले पराजित गरेको हो । रोट्यागविरुद्ध बार्यनले जीत हात पार्दा पाँच खेलाडीले ह्याट्रिक पूरा गरे ।

खेलको छैठौँ मिनेटमा रेनाटो सान्चेजको गोलबाट अग्रता बनाएको बायर्नले त्यसपछि लगातार गोल गर्दै जाँदा पहिलो हाफमा ११ गोल गरेको थियो भने दोस्रो हाफमा बायर्नले १२ गोल गर्दै रोट्यागविरुद्ध शानदार जीत हात पार्यो ।

बार्यनका लागि रोबर्ट लेवान्डोस्की, थोमस मुलर, वेकएरे वेरिड र लियोन गोर्तेज्काले ह्याट्रिक गरे। टोलिसोले चार गोल गरे। यस्तै सान्चेजले दुई, लियोन डाजाकुले एक, सरप्रित सिंहले एक र नोलेनबर्गरले एक गोल गरे।

७३ औँ मिनेटमा एक गोल आत्मघाती भएको थियो ।

म्युनिख नजिकैको क्लब रोट्याग एगर्न जर्मन चौथो डिभिजनको क्लब हो। यसअघि पनि बायर्नसँगैको मैत्रीपूर्ण खेलमा रोट्याग एगर्न २०–२ ले पराजित भएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  १२ : २६ बजे

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट