अनुसन्धानमूलक विषयमा अध्ययनशील हुन जरुरी- महानिरीक्षक खनाल | Khabarhub Khabarhub

अनुसन्धानमूलक विषयमा अध्ययनशील हुन जरुरी- महानिरीक्षक खनाल


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कार्यलाई थप क्रियाशील तथा अपरा–ध अनुसन्धानलाई सहज बनाउन प्रहरी अधिकृतहरु अनुसन्धानमूलक बिषयमा अध्ययनशील हुनुपर्ने बताएका छन् ।

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शुक्रबार आयोजित कार्यक्रमबीच प्रहरी प्रधान कार्यालय अपरा–ध अनुसन्धान बिद्यालयका प्रहरी वरिष्ठ उपरीक्षक प्रदिप कुमार श्रेष्ठद्वारा लिखित ‘ द ल अफ इभिडेन्स’ नामक पुस्तक विमोचन गर्दै प्रहरी महानिरीक्षक खनालले सो कुरा बताएका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीका अधिकृतहरु अध्ययन तथा लेखनमा पनि आकर्षित भइरहेको बताउँदै संगठनको प्रतिनिधित्व गरी गहन अध्ययन, आँट तथा साहसकासाथ समय सान्दर्भिक पुस्तक प्रकाशन गर्न सफल भएकोमा लेखकलाई बधाई तथा शुभकामना समेत दिए ।

प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले संगठनबाट आर्जेको अनुभव, अपराध अनुसन्धानमा पुर्‍याएको योगदान तथा मेहनतको प्रशंसा गर्दै प्रहरी महानिरीक्षक खनालले प्रकाशित पुस्तकलाई थप परिस्कृत गर्दै लैजानुपर्नेमा जोड दिनुए । पुस्तकलाई थप परिस्कृत गर्न संगठनकोतर्फबाट आवश्यक साथ र सहयोग सदैव रहने उनले उल्लेख गरे ।

कार्यक्रममा नेपाल बार एसोशिएसनका अध्यक्ष चन्द्रेश्वर श्रेष्ठले प्रमाणमुखी एवम् वस्तुगत प्रमाण संकलन गरी पीडितलाई न्याय सम्पादन गर्ने कार्यमा कानून कार्यान्वयन गर्ने निकायहरु एक्यबद्ध हुनुपर्ने उल्लेख गर्दै आगामी दिनमा सशक्त अनुसन्धानको लागि समेत उक्त पुस्तक सहयोगी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल ल क्याम्पसका प्रमुख डा। डिएन पराजुली, चक्रवर्ती हवी एजुकेशन एकेडेमी कलेज अफ ल का प्रा।डा। लक्ष्मण उपाध्याय, नेशनल ल क्याम्पसका कार्यकारी निर्देशक तथा संस्थापक प्रिन्सिपल डा। राम प्रसाद तिमिल्सिना, काठमाडौं स्कुल अफ ल का प्रोफेसर प्रकाश केसी र पुस्तकका लेखक प्रहरी वरिष्ठ उपरीक्षक प्रदिप कुमार श्रेष्ठ लगायतले पुस्तकबारे आ(आफ्नो विचार व्यक्त गर्नुभएको थियो । पुस्तक पैरवी बुक हाउस प्रा।लि।ले प्रकाशन गरेको हो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, प्रहरी नायव महानिरीक्षकहरु, अधिवक्ताहरु, प्रहरी वरिष्ठ अधिकृतहरु, पैरवी प्रकाशनका पदाधिकारीहरु, कानुन क्षेत्रमा अध्ययनरत विद्यार्थीहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ७ : २१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०