कांग्रेस बलियो र भरोसायोग्य बनाउन नेतृत्व हस्तान्तरण आवश्यकः गगन थापा « Khabarhub

कांग्रेस बलियो र भरोसायोग्य बनाउन नेतृत्व हस्तान्तरण आवश्यकः गगन थापा


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले प्रजातन्त्रको स्थायित्वका लागि नेपाली कांग्रेस बलियो र भरोसा योग्य हुनुपर्ने बताएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रबार राजधानीमा गरेको दोश्रो राष्ट्रिय महिला तथा युवा सम्मेलनमा बोल्दै उनले कुनै नेता विशेष र पार्टी कार्यालय बलियो हुदैमा सैद्धान्तिक रुपमा कांग्रेसलाई बलियो मान्न नसकिने बताएका हुन् ।
उनले संगठन बलियो र नेतृत्व भरोसायोग्य नभएका कारण युवाहरु भविष्य प्रति विश्वस्त हुन नसकेको उल्लेख गर्दे उनले पार्टीको तल्लो तहसम्मका भ्रातृ संगठन सुदृढ बनाउनुपर्ने आवश्यकता औल्याए ।

उनले भने, “नेपालको डेमोक्रेसी स्टेबल हुनका निम्ति कांग्रेस बलिया र भरोसायोग्य हुनुपर्छ । कांग्रेस बलियो र भरोसायोग्य हुने भनेको कांग्रेसका वीङस्हरु बलियो हुनु हो । कांग्रेस भनेको कुनै एउटा पार्टी, सानेपा, शेरबहादुर देउवा, रामचन्द्र पौडेल मात्रै होइन ।”

उनले कांग्रेसका सबै तहका नेतृत्वको आचरण र क्षमताले कांग्रेस बलियो र कमजोर हुने भएकाले नेतृत्वले आचरणमा सुधार ल्याउनुपर्ने आवश्यकता रहेको औल्याए ।

नेता थापाले पार्टी नेतृत्व युवालाई हस्तान्तरण गर्ने र मुल कार्यक्रमको अग्रभागमा युवा र महिला राख्ने विषयलाई प्राथमिकतामा राख्न सुझाव पनि दिए । उनले पार्टी नेतृत्वले युवाहरुलाई भविश्यमा मुलुकको शासन र आर्थिक अवस्था कस्तो हुने भन्ने यथार्थ तस्वीर दिन सक्नुपर्ने बताए ।

कांग्रेस सधै जनताको मन जित्ने अभियानमा लागिरहनुपर्ने उनको तर्क थियो । उनले भने “हामी मजदुर किसान पार्टी पनि होइन । भक्तपुरमा मादल बजाएर बस्ने । कांग्रेस हो जित्ने मन हुन्छ । देशभरी चुनाव लड्ने हो जितेन भने जितेन । अर्को पटक जित्ने हो ।”

सम्मेलनले आगामी कार्यकालका लागि टिकाकला शर्माको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय महिला समिति चयन गरेको छ । त्यसैगरी जेम्स जोशीको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय युवा समिति पनि चयन गरेको छ । सम्मेलनमा फियन अन्र्तगतका ७ वटा प्रदेश एवं ४५ वटा आवद्ध संघका प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ७ : ४१ बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।