‘सरकार विकासका लागि गम्भीर हुनुपर्छ’ « Khabarhub

‘सरकार विकासका लागि गम्भीर हुनुपर्छ’


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको विकासका लागि गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताएका छन् ।

नेपाल विद्यार्थी संघ पाल्पा–काठमाडौँ सम्पर्क समितिले शुक्रबार आयोजना गरेको …एसईई र प्लस टु उत्तीर्ण विद्यार्थी तथा विशिष्ट व्यक्तिलाई सम्मान’ कार्यक्रममा उनले वर्तमान सरकारले मुलुकलाई द्वन्द्वको अवस्थामा राख्ने प्रयास गरेको आरोप लगाए ।

…मुलुक अहिले गम्भीर अवस्थामा छ, मुलुकको अवस्थालाई लिएर हामी सबै राजनीतिक दल, बुद्धिजीवी वर्ग, सचेत नागरिकहरु गम्भीर बन्नुपर्छÚ, उनले भने । उनले जीवनमा कर्मशीलता र लगनशीलताका साथ अगाडि बढ्न विद्यार्थीलाई सुझावसमेत दिए ।

कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले नेपालमा अझै पनि गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको बताउँदै राज्य गुणस्तरीय शिक्षाप्रति गम्भीर हुनुपर्ने बताए ।

सम्पर्क समितिले पाल्पा घर भई काठमाडौँमा उच्च शिक्षाका लागि पढ्न आएका एसईई र प्लस टु पास विद्यार्थीलाई सम्मान गरेको थियो । सम्पर्क समितिले हरेक वर्ष यस्ता सम्मान कार्यक्रम गर्दै आएको सम्पर्क समितिका अध्यक्ष सुरज पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ८ : ०८ बजे

लगानी बोर्डको कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त

काठमाडौं- सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा काठमाडौंका याङ्की उक्यावलाई

जापानप्रति उत्तर कोरियाको कडा चेतावनी

सियोल– जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको भन्दै उत्तर कोरियाले

हर्क साम्पाङको चेतावनी : गीत गाउन नआउनेलाई पार्टीबाट निकालिदिन्छु

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आफ्ना अनेक उटाङ्‍गे

उद्योगमन्त्री यादवको निर्देशनपछि एलपीजी ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरमा कुनै

कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन