जनताको मुहारमा हाँसो ल्याउनुस् : कमल थापा « Khabarhub

जनताको मुहारमा हाँसो ल्याउनुस् : कमल थापा


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई जनताको मुहारमा हाँसो ल्याउन र उज्यालो बनाउन सुझाव दिएका छन्।

पार्टी केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित दुईदिने प्रशिक्षक प्रशिक्षणको शुक्रबार उद्घाटन गर्दै थापाले भने, ‘जनताको प्रजातन्त्रलाई बलियो बनाउनुस, नेपाली जनताको मुहारमा हाँसो ल्याउनुस् र उज्यालो मुहार बनाइदिनुस् ।’ उनले सरकारले जनताको मुहारमा हाँसो ल्याए आफ्नो पार्टीको एजेण्डा आफैँ महत्वहीन भएर जाने दाबी गरे।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले वर्तमान सरकारले जनताले चाहेको परिवर्तन ल्याउन नसके स्वाभाविक रुपमा विकल्प खोज्ने बताए ।

‘वर्तमान सरकारले गणतन्त्रको पक्षमा आफूलाई स्थापित गर्नुभएको छ, गणतन्त्र वा राजतन्त्र व्यवस्था हैन शासकीयस्वरुप हो, तर व्यवस्था भनको प्रजातन्त्र र लोकतन्त्र हो’, उनले भने । थापाले संघीयता तथा स्थानीय सुदृढस्वायत्त शासन व्यवस्था राज्यको संरचना भएको बताउँदै व्यवस्था भनेको प्रजातन्त्रनै भएको बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ९ : २५ बजे

लगानी बोर्डको कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त

काठमाडौं- सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा काठमाडौंका याङ्की उक्यावलाई

जापानप्रति उत्तर कोरियाको कडा चेतावनी

सियोल– जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको भन्दै उत्तर कोरियाले

हर्क साम्पाङको चेतावनी : गीत गाउन नआउनेलाई पार्टीबाट निकालिदिन्छु

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आफ्ना अनेक उटाङ्‍गे

उद्योगमन्त्री यादवको निर्देशनपछि एलपीजी ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्ताको घरमा कुनै

कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन