जनताको मुहारमा हाँसो ल्याउनुस् : कमल थापा | Khabarhub Khabarhub

जनताको मुहारमा हाँसो ल्याउनुस् : कमल थापा


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई जनताको मुहारमा हाँसो ल्याउन र उज्यालो बनाउन सुझाव दिएका छन्।

पार्टी केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित दुईदिने प्रशिक्षक प्रशिक्षणको शुक्रबार उद्घाटन गर्दै थापाले भने, ‘जनताको प्रजातन्त्रलाई बलियो बनाउनुस, नेपाली जनताको मुहारमा हाँसो ल्याउनुस् र उज्यालो मुहार बनाइदिनुस् ।’ उनले सरकारले जनताको मुहारमा हाँसो ल्याए आफ्नो पार्टीको एजेण्डा आफैँ महत्वहीन भएर जाने दाबी गरे।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले वर्तमान सरकारले जनताले चाहेको परिवर्तन ल्याउन नसके स्वाभाविक रुपमा विकल्प खोज्ने बताए ।

‘वर्तमान सरकारले गणतन्त्रको पक्षमा आफूलाई स्थापित गर्नुभएको छ, गणतन्त्र वा राजतन्त्र व्यवस्था हैन शासकीयस्वरुप हो, तर व्यवस्था भनको प्रजातन्त्र र लोकतन्त्र हो’, उनले भने । थापाले संघीयता तथा स्थानीय सुदृढस्वायत्त शासन व्यवस्था राज्यको संरचना भएको बताउँदै व्यवस्था भनेको प्रजातन्त्रनै भएको बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ९ : २५ बजे

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१