सुर्खेतमा प्यान लिनेको घुइँचो « Khabarhub

सुर्खेतमा प्यान लिनेको घुइँचो


२४ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- आन्तरिक राजश्व कार्यालय सुर्खेतमा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने सेवाग्राहीको घुइँचो लाग्ने गरेको छ ।

सरकारले यही जेठ १५ गतेदेखि व्यवसाय, रोजगारी वा अन्य कुनै आयआर्जनमा जोडिएका प्रत्येक व्यक्ति, फर्म वा संस्थालाई प्यान अनिवार्य गरेपछि राजश्व कार्यालयमा सेवाग्राहीको भीड बढेको हो ।

आन्तरिक राजश्व कार्यालयका कर अधिकृत लुमा पन्थीले सुर्खेत प्रदेश राजधानीसमेत भएकाले प्यान लिनेको सङ्ख्या अत्यधिक रहेको बताए । उनका अनुसार दुई महीनाको अवधिमा कार्यालयबाट नौ हजार ५ सय जनाले प्यान लिएका छन् । दैनिक ५ सय बढी सेवाग्राही व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिन कार्यालय आउने उनको भनाइ थियो ।

प्यान प्रत्येक करदाताको पहिचानका लागि दिइने स्थायी सङ्केत नम्बर हो । कार्यालयले प्यानका साथै भ्याट प्रमाणपत्र लिन आउनेको सङ्ख्या पनि वृद्धि भएको जनाएको छ ।

कर अधिकृत पन्थीले कार्यालयमा सेवाग्राहीको अत्यधिक चाप रहे पनि कर्मचारीको सङ्ख्या भने निकै कम रहेको बताए । कूल २२ कर्मचारीको दरबन्दी भएको कार्यालयमा हाल सात जना कार्यरत छन् । सरकारले यस वर्षदेखि व्यवसाय वा आयआर्जनमा संलग्न हुने व्यक्ति वा अग्रीम करकट्टी गर्ने व्यक्तिले प्यान लिनुपर्ने कानुनी प्रावधानलाई कडाइ गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार  ९ : ३० बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय