तीन दिनको मौसम पूर्वानुमान – पूर्व र मध्यमा चट्याङसहित भारी वर्षाको सम्भावना « Khabarhub

तीन दिनको मौसम पूर्वानुमान – पूर्व र मध्यमा चट्याङसहित भारी वर्षाको सम्भावना


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी तीन दिन देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र केही स्थानमा भने चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांगको साथै पूर्व र मध्यका एकदुई स्थानहरुमा भारी वर्षाको सम्भावना भएकोले सतर्कता अपनाउनु अनुरोध गरेको छ ।

मनसुनी न्यून चापीय रेखा औसत स्थानको आसपासमा अवस्थित छ र यो न्यून चापीय रेखा केहि उत्तर तर्फ सर्दै जाने देखिएको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

भाद्र २३ गते (सोमबार)

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही पूर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

राति :देशभरी सामान्य बदली रही पुर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। मध्य र पूर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र २४ गते (मंगलबार)

दिउँसो: देशभरी सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। मध्य र पश्चिमका थोरै स्थानहरुमा र पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

राति: देशभरी सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। मध्य र पश्चिमका थोरै स्थानहरुमा र पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र २५ गते (बुधबार)

दिउँसो: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

राती: देशभरी सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

 

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ७ : २६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर