सिलगुढीदेखि काठमाडौं सिधा बस चल्दा काँकडभिट्टावासी विरोधमा « Khabarhub

सिलगुढीदेखि काठमाडौं सिधा बस चल्दा काँकडभिट्टावासी विरोधमा


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काँकडभिट्टा– पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउन भनेर १५ दिन अगाडिदेखि शुरु गरिएको भारतको सिलगुढीदेखि काठमाडाैंसम्मको सिधा बस सेवाविरुद्ध झापाको काँकडभिट्टावासी चर्को विरोधमा उत्रिएका छन् ।

भारतको पश्चिम बङ्गालस्थित सिलगुढीबाट सिधै काठमाडौं बस सञ्चालनले काँकडभिट्टावासीको आर्थिक गतिविधि धराशायी बन्ने भन्दै स्थानीय व्यवसायी विरोधमा उत्रिएका हुन् । उनीहरुले ‘काँकडभिट्टा बचाऊ सरोकार समिति’ नै गठन गरेर विरोधका कार्यक्रम शुरु गरेका छन् ।

नेपालको पर्यटकीय तथा धार्मिक महत्व बोकेको ऐतिहासिक शहर काठमाडौंमा कुनै पनि महत्व नभएको शहर सिलिगुढीबाट सिधै बस प्रवेश हुनु नेपाल–भारतबीच भएको सम्झौता विपरीत रहेको तर्क राख्दै उनीहरुले सरकारसँग सो बस सञ्चालन तत्काल रोक्न माग गरेका छन् ।

प्रदेश नम्बर १ का सांसद श्रीप्रसाद मैनालीले सन् २०१४ डिसेम्बरमा नेपाल–भारतमैत्री बस सञ्चालनको बारे सम्झौता हुँदा राजधानीदेखि राजधानीसम्म या पर्यटकीय र धार्मिक शहरबाट सञ्चालन गरिने भनेर सम्झौता भए पनि सो विपरीत देखिएको हुँदा स्थानीय विरोधमा उत्रिएको बताए ।

उनले भने, ‘कोलकत्ता, गुहावटीदेखि काठमाडौंसम्म सञ्चालन गरे हाम्रो आपत्ति छैन, नेपाल र भारत सरकारबीच सम्झौता भइसकेको छ तर सम्झौताविपरीत भारतका महत्वहीन शहरबाट काठमाडौंजस्तो ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रमा सिधै बस सेवा सञ्चालन गर्न पाइँदैन तत्काल यसलाई स्थगित गरिनुपर्छ ।’

झापा जिल्ला ट्राभल्स सङ्घका अध्यक्ष निरबहादुर कार्कीले बस सेवाले पर्यटन प्रवर्द्धनमा सहयोग नपुग्ने बताउँदै पूर्वीमा असर पुग्ने दाबी गरे ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्द कार्कीले सो बसको सीमानाकामा सामान्य चेकजाँच गर्ने गरेको बताए । उनले भने, ‘अध्यागमनले जस्तो उसका परिचय खुल्ने कागजात हेर्न मिल्दैन, शङ्का लागेमा सामान्य मानिसलाई जस्तै सामानको चेकजाँच गर्छौं ।’

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १० : ३२ बजे

बार एसोसिएसनको बैठक बस्दै, प्रधानन्यायाधीशमा भएको सिफारिसबारे धारणा तय गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनको आकस्मिक बैठक आज बस्दैछ । बैठक

आठ विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं– विभिन्न आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त

इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

इलाम– भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित,

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा 

गलकोट– नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका