संविधान दिवस भव्य रुपमा मनाइने « Khabarhub

संविधान दिवस भव्य रुपमा मनाइने


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– संविधान दिवस चितवन जिल्लामा पनि विशेष रुपमा मनाइने भएको छ । विभिन्न सङ्घसंस्था र कार्यालयहरुलाई कामको बाँडफाँट विगत वर्षको भन्दा उच्च प्राथमिकतामा राखेर संविधान दिवस मनाउन लागिएको हो ।

संविधान दिवस २०७६ भव्यरुपमा मनाउन गठित जिल्लास्तरीय मूल समारोह समिति चितवनका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार दिवस मनाउन ५५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

दिवस मनाउने क्रममा असोज २, ३ र ४ गते जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालय र आम नागरिकका घरमा राष्ट्रिय झण्डा फहराउँदै साँझ दीपावली गर्ने निर्णय गरिएको छ । यसका लागि आमरुपमा प्रचारप्रसार र सन्देश पुर्‍याउने काम भइरहेको डल्लाकोटीले जानकारी दिए ।

संविधान दिवसका दिन असोज ३ गते नारायणगढको लायन्सचोकबाट विभिन्न बाजागाजा र झाँकीसाथ प्रभातफेरि गरी नारायणीकला मन्दिरमा समापन गरिनेछ ।

यस्तै सरकारी अस्पतालमा बिरामीलाई फलफूल वितरण, राष्ट्रिय झण्डा तयार र उडाउने बेलुनको व्यवस्था गर्न उद्योग सङ्घ र उद्योग वाणिज्य सङ्घलाई जिम्मेवारी दिइएको छ ।

दिवसकै अवसरमा जिल्ला अदालत चितवन बार एसोसिएशनले अन्तरक्रिया कार्यक्रम गर्ने, जिल्ला खेलकूद विकास समिति र भरतपुर महानगरपालिकाले एउटा खेलको आयोजना गर्ने, नेपाल रेडक्रस सोसाइटीले रक्तदानको कार्यक्रम आयोजना गर्ने भएका छन् ।

यसैगरी भरतपुर महानगरपालिकाको शिक्षा महाशाखा र शिक्षा विकास तथा समन्वय एकाइले अन्तर विद्यालय कविता, हाजिर जवाफ र वक्तृत्वकला गर्ने डल्लाकोटीले जानकारी दिए । २०७२ साल असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १२ : ४८ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप