सिंहको अगाडि स्यालले हल्ला गर्दैमा सिंह मान्न सकिन्न – अध्यक्ष प्रचण्ड « Khabarhub

सिंहको अगाडि स्यालले हल्ला गर्दैमा सिंह मान्न सकिन्न – अध्यक्ष प्रचण्ड


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारलाई नै बलियो बनाएर जनताको सेवा गर्नुको विकल्प नरहेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले हिजोका निरंकुशतावादीहरु र कुनै पनि नामका प्रतिक्रियावादीहरु आएर नेपाललाई फेरी एकचोटी निरंकुशताको जाँतोमा पिस्न दिने काम स्वीकार्य नहुने चेतावनी दिए ।

सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित सुरेश वाग्ले र भिमसेन पोखरेल स्मृति सभामा बोल्दै उनले आफ्ना केही कमिकमजोरी भए त्यसलाई सच्याउँदै अघि बढ्ने पनि स्पष्ट पारे ।

‘कुनै पनि खालको निरंकुशता हामीलाई स्वीकार्य छैन, नेपाली जनतालाई पनि त्यस खालको निरंकुशता स्वीकार्य हुनेछैन, अध्यक्ष दाहालको भनाई थियो, ‘इतिहासको चक्कालाई पछाडी धकेल्ने र हजारौं जनयुद्ध र जनआन्दोलनका सहिदहरु तथा लाखौं जनताको त्यागबाट प्राप्त गणतन्त्र र संघीय लोकतन्त्रलाई उल्ट्याउन कुनै पनि हालत दिन सकिने छैन ।’

अध्यक्ष दाहालले युगान्तकारी परिवर्तनको आधारशिला तयार पार्ने तथा क्रान्तिकारी विद्रोहका नेताहरुलाई बदनाम गर्ने गतिविधिमा प्रतिक्रान्तिको गन्ध आएको, चिहानमा पुगिसकेका हिजोका निरंकुशतावादीहरुले फेरी जीवित मान्छेलाई दुःख दिने प्र्रयास गरेको उल्लेख गर्दै त्यसबाट सचेत भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

उनले कहिलेकाँही सिंहको अगाडि स्याल आएर हल्ला गरेकै भरमा स्याललाई सिंहसँग तुलना गर्न नहुने पनि स्पष्ट पारे । अध्यक्ष दाहालले पार्टी र सरकारका काममा केही कमजोरी भएको हुन सक्ने उल्लेख गर्दै सच्याउँदै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १ : ३९ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका