राफेल नाडालले जिते युएस ओपनको उपाधि « Khabarhub

राफेल नाडालले जिते युएस ओपनको उपाधि


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– यसवर्षको अमेरिकी ओपन लनटेनिसको उपाधि स्पेनका राफेल नाडालले जितेका छन् । यो उनको १९औं ग्रान्डस्लाम उपाधि हो ।

नाडालले रुसका डानील मेडभेडेभलाई संघर्षपूर्ण ७–५, ६–३, ५–७, ४–६ र ६–४ को सेटमा पराजित गरेका थिए । नाडालले अन्तिम सेटमा नाटकीय रुपमा विजय हासिल गरेका थिए ।

३३ वर्षीय बायाँहाते खेलाडी नाडाल अर्का स्टार खेलाडी रोजर फेडेररसँगै ग्रान्डस्लामको उपाधि होडमा छन् । फेडररले २० वटा ग्रान्डस्लाम उपाधि जितेका छन् । केन रोजवालले १९७० मा ३५ वर्षको उमेरमा अमेरिकी ओपनको उपाधि जितेका थिए ।

विजयी भएपछि नाडालले आफ्नो टेनिस करिअरमा यो सर्वाधिक भावपूर्ण क्षण रहेको सुनाए । विजयपछि उनको आँखाबाट आँशु झरेको भिडियो फुटेज सार्वजनिक भएको थियो ।

विश्व बरियतामा नम्बर २ मा रहेका नाडालले ३८ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाएका थिए । उनले यसअघि अमेरिकी ओपनको उपाधि सन् २०१०, २०१३ र २०१७ मा जितेका थिए ।

आफूले ३० वर्षको उमेर पार गरेपछि नाडालले ५ वटा ग्रान्डस्लाम उपाधि जितेका छन् ।

आइतबार राति खेलिएको यो प्रतियोगिता झण्डै ४ घण्टा ५० मिनेट चलेको थियो ।

त्यसैगरी, महिला एकलतर्फ क्यानडाकी १९ वर्षीया किशोरी बायना एन्ड्रेस्कुले यस वर्षको अमेरिकी ओपन लनटेनिस प्रतियोगिता जितेकी छन् । बायनाको यो जितसँगै ३८ वर्षीया विश्वविख्यात टेनिस खेलाडी सेरेना विलियम्सको पाँचौं पटक यो उपाधि जित्ने सपना अधुरै रहेको थियो ।

सेरेनाभन्दा आधा उमेरकी बायनाले न्यूयोर्कस्थित आर्थर एस रंगशालाको फ्लसिङ मिडोजमा खेलिएको उक्त ग्रान्डस्लाम प्रतियोगिता ६–३, ७–५ को सोझो सेटमा जितेकी थिइन् । बायनाको यो पहिलो ग्रान्डस्लाम उपाधि हो ।

क्यानडाकी कुनै किशोरीले ग्रान्डस्लाम जितेको यो पहिलो अवसर पनि हो । सेरेना विलियम्सले फ्लसिङ मिडोजको फाइनल हारेको यो लगातार दोस्रो वर्ष हो । सन् २०१८ को प्रतियोगितामा जापानकी नाओमी ओसाकासँग सेरेना पराजित भएकी थिइन् । सेरेनाले हालसम्म २३ वटा ग्रान्डस्लाम प्रतियोगिता जितिसकेकी छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  १० : ४९ बजे

अष्ट्रेलियामा पाँच हजार लिटिल पेन्गुइनलाई बर्ड फ्लुविरुद्ध खोप लगाइँदै

मेलबर्न- अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एच–५ एन–१ बर्ड फ्लुको जोखिमबाट लिटिल पेन्गुइनलाई

२६ सय तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो दिनको सेयर कारोबारसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सरकारलाई मनिष झाले भने : गरिबको मात्रै घरटहरा नभत्काइयोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा

ऐन महरले भने- ठक्कर दिई ब्याक गरी किचेर मार्नेलाई कडा कारबाही गरियोस् 

काठमाडौं– नेकपा (एमाले) का सांसद ऐन बहादुर महरले कैलालीको अत्तरियामा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

महेन्द्रनगर– मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।