किर्गिस्तानमा रहेको नेपाली महिला टोली दोस्रो खेलमा पराजित « Khabarhub

किर्गिस्तानमा रहेको नेपाली महिला टोली दोस्रो खेलमा पराजित


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किर्गिस्तानको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्न गएको नेपाली राष्ट्रिय महिला टोली दोस्रो खेलमा पनि पराजित भएको छ ।

जारी नादेझदा कपको दोस्रो खेलमा नेपाली टोली उज्वेकिस्तानसँग पराजित भएको हो । किर्गिस्तानको काराकोलस्थित सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाली महिला टोली २–० गोल अन्तरले पराजित भयो ।

खेलको पहिलो हाफमा १–० ले पछि परेको नेपाली टोली दोस्रो हाफमा खेलमा फर्किन नसक्दा थप एक गोल खान पुग्यो । पहिलो गोल ३४ औं मिनेटमा खाएको नेपालले दोस्रो गोल ५१ औं मिनेटमा खाएको थियो ।

खेलको क्रममा कप्तान निरु थापालाई चोटलागेपछि उनलाई आराम दिइएको थियो । पहिलो खेलमा किर्गिस्तानको टोलीलाई ८–० ले पराजित गरेको नेपालले दोस्रो खेलमा हार व्यहोरेको हो ।

अब नेपालले तेस्रो खेल भोलि (मंगलबार) ताजकिस्तानसँग खेल्नेछ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  २ : १६ बजे

तीन दिनपछि दाउन्‍ने सडक एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन