किर्गिस्तानमा रहेको नेपाली महिला टोली दोस्रो खेलमा पराजित « Khabarhub

किर्गिस्तानमा रहेको नेपाली महिला टोली दोस्रो खेलमा पराजित


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किर्गिस्तानको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्न गएको नेपाली राष्ट्रिय महिला टोली दोस्रो खेलमा पनि पराजित भएको छ ।

जारी नादेझदा कपको दोस्रो खेलमा नेपाली टोली उज्वेकिस्तानसँग पराजित भएको हो । किर्गिस्तानको काराकोलस्थित सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाली महिला टोली २–० गोल अन्तरले पराजित भयो ।

खेलको पहिलो हाफमा १–० ले पछि परेको नेपाली टोली दोस्रो हाफमा खेलमा फर्किन नसक्दा थप एक गोल खान पुग्यो । पहिलो गोल ३४ औं मिनेटमा खाएको नेपालले दोस्रो गोल ५१ औं मिनेटमा खाएको थियो ।

खेलको क्रममा कप्तान निरु थापालाई चोटलागेपछि उनलाई आराम दिइएको थियो । पहिलो खेलमा किर्गिस्तानको टोलीलाई ८–० ले पराजित गरेको नेपालले दोस्रो खेलमा हार व्यहोरेको हो ।

अब नेपालले तेस्रो खेल भोलि (मंगलबार) ताजकिस्तानसँग खेल्नेछ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  २ : १६ बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज