विश्वकप फुटबल छनोटः नेपालले भोलि चाइनिज ताइपेइसँग खेल्दै « Khabarhub

विश्वकप फुटबल छनोटः नेपालले भोलि चाइनिज ताइपेइसँग खेल्दै


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को संयुक्त छनोट खेल अन्तरगतको दोस्रो खेल नेपालले मंगलबार आफ्नो दोस्रो ‘अवे’ खेल चाइनिज ताइपेइसँग खेल्दैछ ।

ताइवानको ताइपेइ रंगशालामा हुने खेल नेपालीसमय अनुसार दिउँसो ४ बजेर ५५ मिनेटमा शुरु हुनेछ । विश्वकप छनोटको पहिलो खेलमा हार व्यहोरेको नेपाली टोलीका लागि खेलमा फर्किने अवसरका रुपमा ताइपेइसँगको खेललाई लिइएको छ ।

पहिलो खेलका कुवेतसँग ७–० गोल अन्तरले पराजित भएको नेपाल ताइपेइविरुद्ध अंक खोस्ने लक्ष्यमा रहेको छ । नेपाली राष्ट्रिय टोलीका मुय प्रशिक्षक योहान कालिनले पहिलो खेलमा गुमाए पनि दोस्रो खेलबाट लयमा फर्किने सम्भावना रहेको बताए ।

‘हामी पहिलो खेलमा पराजित भयौं। तर, हामी लयमा फर्किन चहान्छौं । हामी कहाँ चुक्यौं पत्ता लगाएका छौं,’ प्रशिक्षक कालिनले भने,‘हामी आफ्नो खेलमा फर्किने छौं जुन गल्ती कुवेतविरुद्ध भयो त्यो दोहोरिने छैन् ।’

प्रशिक्षक कालिनले ताइपेइ बलियो टोली रहेकाले यसलाई कमजोर भन्न नमिल्ने बताएका छन् । विपक्षी टोली ताइवानका प्रशिक्षकले आफ्नो टिमले शत प्रतिशत दिएर खेल्ने बताएका छन् । पहिलो खेलमा पराजित भएको ताइवानका लागि पनि नेपालसँगको खेलमा राम्रो खेल्नुको विकल्प नरहेको प्रशिक्षक लुइस लानकास्टरले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ४ : ५५ बजे

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा