विश्वकप फुटबल छनोटः नेपालले भोलि चाइनिज ताइपेइसँग खेल्दै « Khabarhub

विश्वकप फुटबल छनोटः नेपालले भोलि चाइनिज ताइपेइसँग खेल्दै


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को संयुक्त छनोट खेल अन्तरगतको दोस्रो खेल नेपालले मंगलबार आफ्नो दोस्रो ‘अवे’ खेल चाइनिज ताइपेइसँग खेल्दैछ ।

ताइवानको ताइपेइ रंगशालामा हुने खेल नेपालीसमय अनुसार दिउँसो ४ बजेर ५५ मिनेटमा शुरु हुनेछ । विश्वकप छनोटको पहिलो खेलमा हार व्यहोरेको नेपाली टोलीका लागि खेलमा फर्किने अवसरका रुपमा ताइपेइसँगको खेललाई लिइएको छ ।

पहिलो खेलका कुवेतसँग ७–० गोल अन्तरले पराजित भएको नेपाल ताइपेइविरुद्ध अंक खोस्ने लक्ष्यमा रहेको छ । नेपाली राष्ट्रिय टोलीका मुय प्रशिक्षक योहान कालिनले पहिलो खेलमा गुमाए पनि दोस्रो खेलबाट लयमा फर्किने सम्भावना रहेको बताए ।

‘हामी पहिलो खेलमा पराजित भयौं। तर, हामी लयमा फर्किन चहान्छौं । हामी कहाँ चुक्यौं पत्ता लगाएका छौं,’ प्रशिक्षक कालिनले भने,‘हामी आफ्नो खेलमा फर्किने छौं जुन गल्ती कुवेतविरुद्ध भयो त्यो दोहोरिने छैन् ।’

प्रशिक्षक कालिनले ताइपेइ बलियो टोली रहेकाले यसलाई कमजोर भन्न नमिल्ने बताएका छन् । विपक्षी टोली ताइवानका प्रशिक्षकले आफ्नो टिमले शत प्रतिशत दिएर खेल्ने बताएका छन् । पहिलो खेलमा पराजित भएको ताइवानका लागि पनि नेपालसँगको खेलमा राम्रो खेल्नुको विकल्प नरहेको प्रशिक्षक लुइस लानकास्टरले बताए ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ४ : ५५ बजे

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको