भ्लादिमिर पुटिनको पार्टीलाई रुसी निर्वाचनमा धक्का « Khabarhub

भ्लादिमिर पुटिनको पार्टीलाई रुसी निर्वाचनमा धक्का


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसको राजधानी मस्कोमा भएको निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई समर्थन गर्ने युनाइटेड रसिया पार्टीले एक तीहाई सिट गुमाएको छ ।

पछिल्लो समय निर्वाचनमा विपक्षीलाई निर्वाचनमा सहभागि हुन कडाई गर्ने नीतिको विरोधमा प्रदर्शन भएपछि मस्कोको संसद्मा युनाइटेड रशिया पार्टीलाई धक्का लागेको हो ।

रुसको रिया समाचार संस्थाले जनाएअनुसार आइतबार भएको निर्वाचनमा युनाइटेड रशिया पार्टीले मस्कोको संसद्मा ४५ मध्ये केबल २६ सिट जितेको छ । यसअघि युनाइटेड रशिया पार्टीका २८ तथा यो पार्टी निकट १० जना विजयी भएका थिए ।

अर्कोतर्फ रुसी कम्युनिष्ट पार्टीले यसअघि ५ सिट जितेकोमा यसपटक भने १३ सिट जित्न सफल भएको छ । त्यस्तै, विपक्षी पार्टीहरु याब्लोको पार्टी र फेयर रशिया पार्टीले समान तीन सिट जितेका छन् ।

आइतबार रुसका सबै ११ समयक्षेत्रमा स्थानीय निर्वाचन भएपनि मस्कोको निर्वाचनलाई भने निकै महत्वका साथ हेरिएको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ५ : ०५ बजे

नेपाली टिममा विनोद भण्डारी र अर्जुन कुमाललाई अवसर : ओपनर कुशल र आशिफ आउट

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले ओपनर

चीन-नेपाल सुरक्षा सहकार्यमा जोड

काठमाडौं– नेपालका लागि चीनका  राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा

टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

संयोजक दाहालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं– पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा

वैशाख शुक्ल पूर्णिमा : स्वयम्भूमा बिहानैदेखि श्रद्धालुको घुइँचो

काठमाडौं– वैशाख शुक्ल पूर्णिमाका अवसरमा मनाइने बुद्ध जयन्तीका दिन स्वयम्भूनाथ स्तूप