रुपन्देही अजिङ्गरको उचित बासस्थान, अहिलेसम्म ६७ वटाको उद्धार « Khabarhub

रुपन्देही अजिङ्गरको उचित बासस्थान, अहिलेसम्म ६७ वटाको उद्धार


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देही अजिङ्गरका लागि उचित बासस्थान भएको स्थानका रुपमा पाइएको छ । जिल्लाका विभिन्न स्थानमा भेटिएका अजिङ्गरको तथ्याङ्क हेर्दा बासस्थानका लागि उपयुक्त भएको पाइएको हो ।

डिभिजन वन कार्यालय रुपन्देहीका अनुसार यो आर्थिक वर्षमा मात्रै नौ वटा अजिङ्गर उद्धार गरी पुनःस्थापना गरिएको छ । जिल्लाको मायादेवी, ओमसतिया गाउँपालिका, सिद्धार्थ नगरपालिका लगायतका विभिन्न स्थानमा अजिङ्गर फेला परेको कार्यालयका सूचना अधिकारी गिरीराज पन्तले जानकारी दिए । सबैभन्दा बढी सिद्धार्थ नगरपालिकामा रहेका विभिन्न कारखाना नजीकबाट अजिङ्गरको उद्धार गरी पुनःस्थापना गरेको उनले बताए ।

“कार्यालयका तालिम प्राप्त कर्मचारीले अजिङ्गरको उद्धार गर्छन्, उद्धार गरिएका अजिङ्गरलाई मानिसको आवतजावत कम हुने स्थानमा पुनःस्थापना गर्छौं”, उनले भने । रुपन्देहीमा गत वर्ष पाँच वटा अजिङ्गरको उद्धार गरिएको थियो । वन कार्यालयले अहिलेसम्म ६७ वटा अजिङ्गरको उद्धार गरी पुनःस्थापना गरेको छ । यो वर्ष रुपन्देहीमा सबैभन्दा धेरै अजिङ्गर र नीलगाई उद्धार गरिएको कार्यालयका सूचना अधिकारी पन्तले बताए । यो वर्ष अजिङ्गरसँगै दुई नीलगाई, एक–एक चितुवा, मृग, बँदेल, सारस, सुनगोहोरोको उद्धार गरिएको छ ।

“अजिङ्गर ठूलो सर्प हो, यो प्रायः घना जङ्गलमा बस्छ, तर कहिलेकाहीँ लत्रिएर बस्तीमा पस्छ, यस्तो अवस्थामा उद्धार गरेर उचित बासस्थानमा पुर्‍याउँछौँ”, डिभिजन वन रुपन्देहीका अधिकृत इन्द्र पछाईले भने ।

अधिकृत पछाईका अनुसार अजिङ्गर प्रायः रूखको ठूलाठूला मुडाहरु, सुकेको पातहरु, नदी र ठूला पोखरीहरुका आसपासका घाँसेमैदानमा पनि बस्ने प्राणी हो । यसको टाउको फराकिलो र आँखाहरु साना हुन्छन् । आँखाको नानी पहेँलो हुन्छ । शरीर सेतो र छिरबिरे रङ्गको हुन्छ । लम्बाइ करिब सात मिटर हुन्छ । संसारमा पाइने विभिन्न सर्पमध्ये यो सबैभन्दा ठूलो सर्प भए पनि विषालु नहुने अधिकृत पछाईले बताए ।

“अजिङ्गर विषालु हुँदैन तर सचेतनाको अभावले यसलाई देख्नेबित्तिकै सर्वसाधारण डराउँछन्, यसले नजिस्काउँदासम्म मानिसलाई टोक्दैन”, अधिकृत पछाईले भने । विभिन्न स्थानमा फेला परेका अजिङ्गरलाई केही समय डिभिजन वन कार्यालयको बासस्थानमा राखेर जङ्गलमा छाड्ने गरेको कार्यालयले जनाएको छ ।

नेपालमा रक पाइथान र बरमिज गरी दुई प्रकारका प्रजाति पाइए पनि रुपन्देहीमा रक पाइथान पाइएको छ । यसको लम्बाइ तीनदेखि सात मिटरसम्म हुने गर्दछ । रक पाइथान संरक्षित सूचीमा रहेको लोपोन्मुख सरीसृप प्राणी हो ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ५ : २४ बजे

राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो

म्याग्दी – म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी

फिफा विश्वकप : पहिलो जितको खोजीमा रहेका स्पेन र साउदी भिड्दै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

लागुऔषध मुद्दाका फरार व्यक्ति शङ्खपार्कबाट पक्राउ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध मुद्दाका फरार एक जनालाई पक्राउ

रास्वपाकै मञ्चबाट रवि बालेनमाथि प्रतिपक्षीको प्रश्नैप्रश्न

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनको भरतपुरमा स्थापनाको

सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार

रौतहट – सशस्त्र प्रहरीबल नेपाल, रौतहट टोलीले स्थानीय दुर्गाभगवती गाउँपालिका–३