नेपाल र चीनबीच ३ वटा सम्झौतामा हस्ताक्षर « Khabarhub

नेपाल र चीनबीच ३ वटा सम्झौतामा हस्ताक्षर


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र चीनबीच ३ वटा सम्झौतामा हस्ताक्षर भएको छ ।

सोमबार काठमाडौंमा शुरु भएको नेपाल–चीन परराष्ट्रमन्त्री वैठकका क्रममा ३ वटा सम्झौतामा हस्ताक्षर भएको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले ३ वटा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सोमबार हस्ताक्षर भएका सम्झौतामा चीनले नेपालमा अस्पताल निर्माण गर्नेदेखि आपत्कालीन अवस्थामा उपयोग गर्ने गरी ५ हजार थान टेन्ट (त्रिपाल) उपलब्ध गराउने विषय छन् ।

नेपाल र चीनबीच भएको पहिलो सम्झौताअनुसार चीनले नेपालको मनाङमा अस्पताल बनाउने छ । चीनले करिब ३५ करोड रुपैयाँको लागतमा मनाङमा अस्पताल बनाइदिने भएको हो ।

यस्तै, अर्को सम्झौता चीनले बाढी प्रभावित नेपालीलाई १ करोड ६० रुपैयाँ सहयोग गर्ने  विषयसँग सम्बन्धित छ । दुवै सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सचिव राजन खनाल र चीनको तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सीआईसीडीए)का उपाध्यक्षले हस्ताक्षर गरे ।

नेपाल र चीनबीच भएको अर्को सम्झौता चीनले नेपालमा स्वयंसेवक परिचालन गर्ने सम्बन्धमा छ । उक्त सम्झौतामा उल्लेख भएअनुसार नेपालका विभिन्न विद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुमा चिनियाँ भाषा पढाउने छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ५ : २४ बजे

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले

भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की 

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

पनौतीको त्रिवेणीमा स्नान गर्दै स्वस्थानीका व्रतालु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका व्रतालुहरूले आज काभ्रेको