विप्लव समूहका एक कार्यकर्ता पक्राउ « Khabarhub

विप्लव समूहका एक कार्यकर्ता पक्राउ


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्तालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्लागण्डकी नगरपालिका–४ बस्ने ४५ वर्षीय विलास परियारलाई पक्राउ गरेको हो ।

चन्द समूहका जिल्ला सदस्य परियारलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

परियारलाई प्रहरीले केही दिनदेखि पछ्याइरहेको थियो । ग १५ प २१७० नम्बरको मोटरसाइकलमा दुलेगौंडाबाट पोखरातर्फ जाँदै गर्दा परियार शनिबार दुर्घटनामा परेका थिए ।

पोखरास्थित मणिपाल अस्पतालमा उपचार पश्चात् घर फर्किएका परियारलाई इलाका प्रहरी कार्यालय बेलचौताराको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ७ : ३७ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप