चिनियाँ विदेश मन्त्रीको व्यस्तता (फोटो फिचर) « Khabarhub

चिनियाँ विदेश मन्त्रीको व्यस्तता (फोटो फिचर)


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको तीन दिने भ्रमणका क्रममा काठमाडौंमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार दिनभर राजनीतिक भेटवार्ता गरे ।

सोमबार दिउँसो परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेका वाङले अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थिए । सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरे । भेटवार्ताका क्रमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीको उपस्थितिमा उपस्थितिमा अर्थ सचिव राजन खनाल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिआइसिडीए) का उपाध्यक्ष डेङ बोकिङ आपत्कालीन आवास तथा मनाङ अस्पताल पुनःनिर्माण परियोजनासम्बन्धी ‘लेटर अभ एक्सचेञ्ज’मा सोमबार हस्ताक्षर गर्दै ।

नेपाल–चीन परराष्ट्रमन्त्री वैठकका क्रममा ३ वटा सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले ३ वटा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सोमबार राजधानीमा सम्पन्न नेपाल-चीन प्रतिनिधिमण्डलस्तरीय वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ समकक्षी वाङ यी ।

नेपाल र चीनबीच भएको पहिलो सम्झौताअनुसार चीनले नेपालको मनाङमा अस्पताल बनाउने छ । चीनले करिब ३५ करोड रुपैयाँको लागतमा मनाङमा अस्पताल बनाइदिने भएको हो । यस्तै, अर्को सम्झौता चीनले बाढी प्रभावित नेपालीलाई १ करोड ६० रुपैयाँ सहयोग गर्ने विषयसँग सम्बन्धित छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा सोमबार शिष्टाचार भेट गर्दै चिनियाँ विदेशमन्त्री वाङ यी ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा सोमबार शिष्टाचार भेट गर्दै चिनियाँ विदेशमन्त्री वाङ यी ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार बालुवाटारमा शिष्टाचार भेट गर्दै चिनियाँ विदेशमन्त्री वाङ यी ।
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी सोमबार चन्द्रागिरि हिल्समा ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ९ : ४१ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर