काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना चिनियाँ समकक्षी वाङ यीको सम्मानमा आज साँझ राजधानीमा रात्रिभोजको आयोजना गरेका छन् ।
त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै मन्त्री ज्ञवालीले सरकारीस्तरमा मात्र नभई जनस्तरमा समेत नेपाल र चीनबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताए । विदेशमन्त्री बाङलाई काठमाडौँमा स्वागत गर्न पाउँदा नेपाल सरकार र नेपाली जनता अत्यन्त खुशी छन् भन्दै उनले द्विदेशी सम्बन्धले नयाँ उचाइ चुम्ने विश्वास व्यक्त गरे ।
प्रत्युत्तरमा मन्त्री बाङले नेपालसँग चीनको विशिष्ट सम्बन्ध रहेको तथा बाल्यकालदेखि नै नेपालप्रति आफ्नो अनुराग रहेको बताए । मन्त्रिपरिषद्का सदस्य, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, चीनका लागि पूर्व नेपाली राजदूतलगायत रात्रिभोजमा सरिक भएका थिए ।
प्रतिक्रिया