ओमान सिरिजः आयरल्याण्डविरुद्ध इतिहास रच्ने दाउमा नेपाल « Khabarhub

ओमान सिरिजः आयरल्याण्डविरुद्ध इतिहास रच्ने दाउमा नेपाल


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओमानमा जारी पाँच देशीय टी ट्वान्टी क्रिकेट अन्तर्गत आज नेपालले टेस्ट राष्ट्र आयरल्याण्डको सामना गर्दैछ ।

नेपाली समय अनुसार सवा ११ बजे हुने खेलमा नेपाल आयरल्याण्डविरुद्ध जित हात पार्दै इतिहास रच्ने दाउमा रहेको छ ।
जारी प्रतियोगितामा नेपाल अपराजित टोली हो । पहिलो खेलमा हङ्कङलाई चार विकेटले हराएको नेपालले नेदरल्याण्ड्सविरुद्ध पनि चार विकेटकै रोमाञ्चक जित निकालेको थियो ।

सिरिज जित्नका लागि आयरल्याण्डविरुद्धको खेल महत्वपूर्ण हुनेछ । यदी नेपालले आयरल्याण्डलाई हराएको खण्डमा टेष्ट मान्यता टिमविरुद्द नेपालको पहिलो जित हुनेछ ।

ओमानसँग पराजति भएको आयरल्याण्डविरुद्धको खेल नेपाली टोलीका लागि सहज भने देखिदैन । नेपाली टिमका कप्तान पारस खड्काले आयरल्याण्ड टिम बलियो भए पनि नेपालले राम्रो खेलेमा जित असम्भव नहुने बताए ।

आयरल्याण्डले भने यो सिरिजको अन्तिम खेल खेल्दैछ । यसअघिको तीन खेलमा नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको आयरल्याण्डले ओमानसँग भने ४३ रनको पराजय भोगेको थियो । हङकङलाई भने उसले ६६ रनले हराएको थियो ।

टी २० क्रिकेटमा नेपाल र आयरल्याण्ड दोस्रो पटक खेल्न लागेका हुन । यसअघि २०१५ मा भएको विश्वकप छनोटमा नेपाल आयरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ७ : ३३ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको