मिथिलाञ्चलमा देवी प्रतिमा विसर्जन « Khabarhub

मिथिलाञ्चलमा देवी प्रतिमा विसर्जन


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मिथिलामा यसपालिको दशहरा (दशैँ) पर्वका लागि स्थापित देवी प्रतिमा विसर्जन गरिएका छन् ।

भाकल र उत्सवका लागि माटो मुछेर निर्माण गरी प्राणप्रतिष्ठा गरिएका देवी प्रतिमा असोज शुक्ल दशमी तिथिमा पवित्र तलाउमा विसर्जन गरिएको हो । देवी विसर्जन गर्दा गहिरो पानीमा मूर्ति पूरै डुबाउन पर्ने चलन छ ।

मिथिलामा पर्वको उत्सव मनाउन सामुहिक रुपमा वा भाकल पूरा गर्न देवी प्रतिमा निर्माण गरी शास्त्रोक्त विधिले प्राण प्रतिष्ठा गरी नवरात्रभरि पूजाआराधना गर्ने परम्परा छ ।

यद्यपि असोज शुक्ल प्रतिपदाबाट कर्मकाण्डी ब्राह्मणबाट दैनिक चण्डीपाठ गरिए पनि निर्मित प्रतिमाको प्राण प्रतिष्ठा भने फूलपातीका दिन प्रतिमाका आँखा उघारेपछि मात्र गरिन्छ ।

नवमीका दिन नवदुर्गाको पूजाआराधना पूर्ण हुने मैथिल मान्यता छ । देवी प्रतिमा बनाइएका यस्ता स्थलमा दशमीका दिन बिहान चण्डीपाठ गर्ने ब्राह्मणले त्यहाँ राखिएको कलशको जलले अभिशेक गर्दै यजमान (कर्ता, दर्शनार्थी) लाई जमरा दिने गर्दछन् ।

अभिशेक र जमरा लगाइएपछि देवी प्रतिमा पवित्र जलाशयमा विसर्जन गरिन्छ । यसक्रममा देवी दुर्गा भवानीको जयजयकार गर्दै नाचगान गरेर दशहरा पर्व सम्पन्न गर्ने मैथिल परम्परा रहेको बर्दिवास नगरपालिका–२ का कर्मकाण्डी ब्राह्मण महेशकुमार झा बताउँछन् ।

माटो मुछेर बनाइएका देवी प्रतिमाबाहेक परम्परादेखि स्थापित धातुका मूर्ति रहेका देवी मन्दिरमा भने देबी पूजन विसर्जन गरेर प्रसादस्वरुप जलअभिशेक र जमरा पुजारीले दर्शनार्थीलाई दिने गरिन्छ ।

 

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ९ : १५ बजे

२४ घण्टाभित्र इरानका दुई सय बढी ठाउँमा हमला

जेरुसेलम– इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य इरानका

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौं महानगर

काठमाडौं– सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौं

ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई आप्रवासी कामदारको मृत्यु

मुस्काट- ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई जनाको ज्यान गएको छ

घर फर्किने क्रममा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

खलङ्गा– दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक

काठले च्यापिएर एक जनाको मृत्यु

त्रिवेणी– जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक