नवलपरासीमा २ करोड ५० लाखको खसीबोका बिक्री | Khabarhub Khabarhub

नवलपरासीमा २ करोड ५० लाखको खसीबोका बिक्री


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- नवलपरासी पूर्वनवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै बडादशैँमा रु दुई करोड ५० लाख बराबरको खसीबोका बिक्री गरेका छन् ।

गएको दश दिनको अवधिमा सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रबाट सो मूल्य बराबरका खसीबोका बिक्री भएको हो ।

हुप्सेकोट गाउँपालिकाको झ्यालबासस्थित लेकबेँसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैँमा मात्रै रु दुई करोड ३० लाखको मूल्य बराबरको खसीबोका बिक्री गरेको छ । सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रमा किसानबाट सङ्कलित खसीबोका बिक्री गरिएको थियो ।

बडादशैँ शुरु भएपछि नवमीसम्ममा एक हजार ७६३ वटा खसीबोका बिक्री गरेको सहकारीका व्यवस्थापक सुशीला परियारले बताए । गाउँपालिकाको पहाडी क्षेत्रका किसानबाट सङ्कलित खसीबोका बिक्री गरिएको उनले बताए। सङ्कलन भएका खसी बोका स्थानीय बजारसँगै चितवन, पोखरा र काठमाडौँका व्यापारीले खरीद गरेको व्यवस्थापक परियारले बताए।

उनका अनुसार सबैभन्दा धेरै खसीबोका चितवन निर्यात भएको छ । त्यसपछि पोखरा, काठमाडौं र स्थानीय बजारमा खपत भएको उनले बताए ।

सहकारीले सामान्य मुनाफा राखेर विगत पाँच वर्षदेखि कृषकबाट सङ्कलित खसीबोका बिक्री गर्दै आएको छ । यसले कृषकले उत्पादन गरेका खसीबोकाले सहजरुपमा बजार प्राप्त गरेका छन् भने मूल्यमा ठगिनबाट जोगिएका छन् ।

नवलपुरको मैनाघाटमा रहेको मैनाघाट सामाजिक उद्यमी महिला सहकारीले समेत रु २० लाख बराबरको खसीबोका बिक्री गरेको छ । सहकारीले बडादशैँ लक्षित गरेर थालेको खसीबोका बिक्रीबाट रु २० लाख भित्राएको मैनाघाट सामाजिक उद्यमी महिला सहकारीका अध्यक्ष मञ्जु खनालले बताए ।

उनका अनुसार सहकारीले जिउँदो खसीको मासु प्रतिकिलोग्राम रु ४६० मा बिक्री गरिएकोे छ । किसानबाट रु ४५० मा खरीद गरी रु १० मात्र मुनाफा राखेर बिक्री वितरण गरिरको सहकारी अध्यक्ष खनालले बताए ।

यस्तै मध्यबिन्दु नगरपालिका–१२, तमासपुरस्थित अरुण ज्योति सामाजिक महिला उद्यमी सहकारीले पनि बडादशैँमा कृषकबाट खसीबोका सङ्कलन गरी बिक्री गरेका छ ।

सहकारीले सङ्कलन केन्द्र स्थापना गरी कृषकबाट खसीबोका सङ्कलन गरेर बिक्री गर्न थालेसँगै बाख्रापालन गर्ने कृषकलाई बजारीकरणको लागि सहजता भएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ९ : ०९ बजे

मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति

बाजुरा– जिल्लाको पूर्वी तथा उत्तरी भेगमा बस सेवा सञ्चालन गर्न

राप्रपाको केन्द्रीय समिति बैठक जेठमा बस्ने

काठमाडौं– राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११

इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणा

काठमाडौं– इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध

गुमनाम बन्दै टिम गेमलाई नयाँ आयाम दिने प्रतिभा

नेपाली खेलकुदको टिम गेमका महिला स्पर्धामा नेपालको उपस्थिति महत्त्वपूर्ण मानिएको

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिका : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार