प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण « Khabarhub

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । 

बैठकको शून्य गणेश नेपालीको निधनको छानबिनदेखि लिएर किसानलाई मलको व्यवस्थासम्मका विषयमा उनीहरूले सदन र सरकारको ध्यानाकर्षण गराएका हुन् ।  

सांसद जोगकुमार बरबरिया यादवले देशभरका किसान मलखाद नपाएर चिन्तित भएका बताए । सांसद टेकबहादुर शाक्यले पनि सोही विषयमा सरकारलाई गम्भीर हुन आग्रह गरे । 

सांसद चन्द्रमोहन यादवले मुगुका युवक गणेश नेपालीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै देशमा निराशाजनक अवस्था सिर्जना भएकोप्रति मौन रहेर विरोध गराए ।

सांसद जगत्प्रसाद जोशीले नेपालीप्रति श्रद्धाञ्जली अर्पण गरे भने अर्का सांसद जनकराज गिरीले सदनको गतिरोध हटाउन प्रधानमन्त्रीले सदनमा आएर सांसदले उठाएका सवालको जवाफ दिनुपर्ने माग गरे ।

सांसद जनकसिंह धामीले बेलौरी भन्सार  व्यवस्थापनमा  सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।

सांसद झविलाल डुम्रेले स्याङ्जाका अधिकांश भेगमा विद्युत् सेवा नियमित नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद टुकाभद्र हमालले त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै निजका परिवारलाई राहत प्रदान गर्न माग गरे ।
     
सांसद तारा विश्वकर्माले लामो समयदेखि गोदावरी नगरपालिकामा पाचाखर्चस्थित १५० घरपरिवार रोजगारीका लागि घर छोड्नुपर्ने अवस्था सृजना भएकोमा दुःख व्यक्त गरिन्  ।

सांसद धनबहादुर बुढाले डोल्पामा बत्ती, फोरजीजस्ता आधारभूत सेवा उपलब्ध गराउन सरकारले विशेष प्रयास गर्नुपर्नेमा जोड दिए । 

सांसद धर्मराज केसीले लमजुङका ग्रामीण सडक निर्माणमा ध्यान दिन सरकारसँग आग्रह गरे ।

सांसद ध्रुवराज राईले कर्णालीको गरिब गणेश नेपालीको घटनाबाट जरिवाना तिराउने परिपाटीप्रति संवेदनशील हुनुपर्ने बताए ।

सांसद निश्कल राईले इलामकी मञ्जु तामाङ मलेसियामा मृत्यु भएको घटनाको छानबिन गर्न परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल हुनुपर्ने बताए ।

सांसद मीनुकुमारी कर्णले श्रमिक युवा गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शिक्षा, स्वास्थ्य तथा विद्युत्मा गरिएको  करको व्यवस्थाले नेपाली जनता पीडित भएका बताइन् ।
      
सांसद पवित्रा विकले गरिब जनतालाई पनि सरकारले हेर्नुपर्ने बताइन् ।

सांसद प्रकाशचन्द्र परियारले गणेश नेपालीको निधनबाट सदन मर्माहत भएको भन्दै यो घटनाको राज्यले छानबिन गरी क्षतिपूर्तिको प्रबन्ध गर्नुपर्छ भने ।
      
सांसद परशुराम तामाङले भोजपुरवासीले सडक निर्माणको माग गरेकाले त्यसतर्फ गम्भीर हुन सम्बन्धित निकायसँग अनुरोध गरे ।

सांसद पुष्पाकुमारी चौधरीले नेपाल प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/०८१ मा सात हजार दुई २३ आत्महत्या गरेका जानकारी दिइन् ।

आर्थिक अभावका कारण त्यसो गरिएको हुनसक्ने तर्क गर्दै उनले गरिब जनतालाई पनि उनीहरूको भरण पोषणमा राज्यले सघाउनुपर्नेमा जोड दिइन् । रासस

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ५ : ०४ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति