चिनियाँ राष्ट्रपतिको सुरक्षा मुख्य जिम्मा नेपाली सेनालाई « Khabarhub

चिनियाँ राष्ट्रपतिको सुरक्षा मुख्य जिम्मा नेपाली सेनालाई


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा सुरक्षाको मुख्य जिम्मा नेपाली सेनालाई दिइएको छ ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुशन्धान विभाग रहने गरी सुरक्षा प्रबन्ध मिलाईएको छ । सरकारले चिनियाँ राष्ट्रपतिलाई उच्चस्तरीय सुरक्षा दिने निर्णय सरकारले गरिसकेको छ ।

त्यसका साथै उनको सुरक्षाका लागी चीनवाट समेत सुरक्षाकर्मी आउनेछन् । सरकारले जुनसुकै मुलुकका सरकार प्रमुखहरु आउँदा पनि उच्चस्तरिय सुरक्षा दिंदै आएको छ।

नेपाली सेनाले सुरक्षाको जिम्मा पाएसँगै काठमाडौं उपत्यकामा सेना परिचालित भइसकेको छ । नेपाली सेनाका युद्धकार्य महानिर्देशक उपरथी प्रभुराम शर्माले भ्रमणको सुरक्षाको कमाण्ड सम्हालेका छन् । उनकै नेतृत्वमा तीनै सुरक्षा निकाय परिचालित भइसकेका छन् ।

काठमाडौंमा मात्रै पाँच हजार सेना परिचालित छन् । रिजर्व फोर्स र स्टेण्ड वाई अवस्थामा पनि सुरक्षाकर्मी राखिनेछ् । चिनियाँ राष्ट्रपतिको सुरक्षा पहिलो घेरमा सेना, दोस्रोमा नेपाल प्रहरी, तेस्रोमा सशस्त्र प्रहरी र चौथोमा गुप्तचर विभाग रहेन छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी असोज २५ मा नेपाल भ्रमणमा आउने कार्यक्रम तय भइसकेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ५ : १७ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति