चिनियाँ राष्ट्रपतिको सुरक्षा मुख्य जिम्मा नेपाली सेनालाई | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपतिको सुरक्षा मुख्य जिम्मा नेपाली सेनालाई


२२ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा सुरक्षाको मुख्य जिम्मा नेपाली सेनालाई दिइएको छ ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुशन्धान विभाग रहने गरी सुरक्षा प्रबन्ध मिलाईएको छ । सरकारले चिनियाँ राष्ट्रपतिलाई उच्चस्तरीय सुरक्षा दिने निर्णय सरकारले गरिसकेको छ ।

त्यसका साथै उनको सुरक्षाका लागी चीनवाट समेत सुरक्षाकर्मी आउनेछन् । सरकारले जुनसुकै मुलुकका सरकार प्रमुखहरु आउँदा पनि उच्चस्तरिय सुरक्षा दिंदै आएको छ।

नेपाली सेनाले सुरक्षाको जिम्मा पाएसँगै काठमाडौं उपत्यकामा सेना परिचालित भइसकेको छ । नेपाली सेनाका युद्धकार्य महानिर्देशक उपरथी प्रभुराम शर्माले भ्रमणको सुरक्षाको कमाण्ड सम्हालेका छन् । उनकै नेतृत्वमा तीनै सुरक्षा निकाय परिचालित भइसकेका छन् ।

काठमाडौंमा मात्रै पाँच हजार सेना परिचालित छन् । रिजर्व फोर्स र स्टेण्ड वाई अवस्थामा पनि सुरक्षाकर्मी राखिनेछ् । चिनियाँ राष्ट्रपतिको सुरक्षा पहिलो घेरमा सेना, दोस्रोमा नेपाल प्रहरी, तेस्रोमा सशस्त्र प्रहरी र चौथोमा गुप्तचर विभाग रहेन छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी असोज २५ मा नेपाल भ्रमणमा आउने कार्यक्रम तय भइसकेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ५ : १७ बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी