प्रिमियर लिगमा वाटफोर्डको पहिलो जीत « Khabarhub

प्रिमियर लिगमा वाटफोर्डको पहिलो जीत


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाटफोर्डले प्रियिमर लिग फुटबलको चालू सिजनमा पहिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा वाटफोर्डले नर्विच सिटीलाई २–० गोल अन्तरले हराएको हो ।

जेरार्ड देउलोफ्युले खेलको दोस्रो मिनेटमा गोल गर्दै वाटफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए । आन्द्रे ग्रेले ५२ औ मिनेटमा वाटफोर्डको अग्रतालाई दोब्बर बनाउँदै क्लबको जित सुनिश्चित गरेका थिए । उनले देउलोफ्युको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

क्रिश्चियन केबेसल ६५ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टिम १० खेलाडीमा सिमित बनेको थियो ।

वाटफोर्डले प्रिमियर लिगमा पहिलो जित दर्ता गर्दै तालिकाको पुछारदेखि तेस्रो स्थानमा उक्लियो । उसले ११ खेलबाट ८ अंक जोड्यो ।

नर्विच ७ अंक सहित तालिकाको पुछारमा रह्यो ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ६ : ४५ बजे

आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा