चोटका कारण मैदान बाहिर रहेका नेयमार रियलविरुद्व उत्रने « Khabarhub

चोटका कारण मैदान बाहिर रहेका नेयमार रियलविरुद्व उत्रने


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चोटका कारण मैदान बाहिर रहेका फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार नेमयार मैदान फर्कने तयारी गरेका छन् ।

उनी च्याम्पियन्स लिगको खेलमार्फत मैदान फर्कने तयारी गरेका हुन् । अघिल्लो महिना ब्राजिलले नाईजेरियाविरुद्व खेलेको मैत्रीपूर्ण फुटबलमा उनले चोट बोेकेका थिए । त्यसपछि नेयमार मैदान बाहिर रहदै आएका छन् ।

नेयमार च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडको भ्रमण गर्ने समय मैदान फर्कने तयारी गरेका हुन् । पीएसजीले नोभेम्बर २६ मा अवे खेल अन्तर्गत रियल मड्रिडविरुद्व खेल्दैछ ।

चोट बोक्नु अघि नेयमारले पाँच क्लब खेलमा चार गोल गरेका थिए । २७ बर्षका ब्राजिली फरवार्ड नेयमार विश्व कीर्तिमानी मुल्यमा पीएसजी गएका थिए । उनको करियर भने चोटले बिथोलिएको छ ।

गत समर ट्रान्सफरमा नेयमार रियल मड्रिडसंग जोडिएका थिए । तर अन्तिममा उनी फ्रान्समै रहने निश्चित भएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ६ : ४९ बजे

प्रिमियर लिग : एभर्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौं – मंगलबार बिहान सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको

निर्वाचन आउन नौ दिन बाँकीः आचारसंहितामा कडाइ गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल फागुन १२ गते  मंगलबार  फागुन

आज २०८२ साल फागुन १२ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल फागुन १२ गते  मंगलबार  फागुन