लुडोका विषयमा विवाद : रड प्रहारबाट एकको मृत्यु | Khabarhub Khabarhub

लुडोका विषयमा विवाद : रड प्रहारबाट एकको मृत्यु


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिकामा रड प्रहारबाट एकजनाको मृत्यु भएको छ ।

लुडो खेल्ने विषयमा विवाद भई रड हानाहान हुँदा विष्णु गाउँपालिका–२, पकडीगोठका ३० वर्षीय बीकाउ साहको मृत्यु भएको सर्लाही प्रहरीका प्रमुख (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए।

रड प्रहारबाट गम्भीर घाईते भएका साहको उपचारका क्रममा शुक्रबार साँझ वीरगञ्जमा मृत्यु भएको हो । बिहीबार राति लुडो खेल्दै गर्दा विवाद भएपछि बीकाउ र सोही ठाउँका सन्तोष झाबीच रड हानाहान भएको थियो ।

घटनामा सामान्य घाईते भएका वर्ष ३० कै सन्तोष झाको जिल्ला अस्पताल मलङ्गवामा प्रहरी निगरानीमा उपचार भइरहेको एसपी भट्टराईले बताए । उनले लुडो खेल्ने क्रममै विवाद भएको जानकारी आए पनि विवादको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको बताए।

मृतकका परिवारले सन्तोष र उनका परिवारका अन्य सदस्य समेत मिलेर बीकाउमाथि रड प्रहार गरेको बताएका छन् । प्रहरी पठाएर पीडितले नाम लिएका व्यक्तिको खोजी गर्दा उनीहरु घर छाडेर फरार भएका पाइएको एसपी भट्टराईले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ८ : ०० बजे

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार