१८ लाखसहित तीन भारतीय पक्राउ « Khabarhub

१८ लाखसहित तीन भारतीय पक्राउ


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- जिल्ला प्रहरी कार्यालयले शुक्रबार सीमा क्षेत्रबाट स्रोत खुलाउन नसकेको १८ लाख नेपाली रुपैयाँसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्जको रजतजयन्ती चोक नजिकैबाट स्रोत खुलाउन नसकेकको रकमसहित भारत विहारसुगौली निवासी बिक्की कुमार, रक्सौल नागारोड निवासी सुधीरकुमार र शहीद आलमलाई पक्राउ गरेको हो ।

भारतीय नम्बर प्लेटबी आर ०५ एस ३७९२, बीआर ०५ बी १४४४ र बी आर ०६ ऐ आर ३७८९ नम्बरको मोटरसाइकलमा रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका तीनै जना भारतीय नागरिकलाई रोकी जाँच गर्दा जनही ६ लाखका दरले कूल १८ लाख नेपाली बरामद् भएपछि आवश्यक अनुसन्धानका लागि तीनै जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।

उनले बरामद् गरेको रुपैयाँबारे बिक्की, सुधीर र शहीदले स्रोत खुलाउन नसेकेपछि जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान अगाडि बढाइएको बताए ।

बरामद गरिएको रुपैयाँ अवैध मुद्रा ओसारपसार (हुण्डी) कारोवारमा संलग्न रकम भएको प्रहरीले आशङ्का व्यक्त गरेको छ । सीमा क्षेत्रमा पछिलो समय हुण्डीको कारोवार बढ्दै गएको र बरामद भएको रुपैयाँ सोही कारोवारको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ९ : ३४ बजे

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवानामा

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र

आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित

दमौली– प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४