चितुवाको छालासहित ३ पक्राउ « Khabarhub

चितुवाको छालासहित ३ पक्राउ


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

धनुषा- चितुवाको छालासहित धनुषामा तीन जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेड क्वाटर धनुषाबाट खटिएको ६ जनाको स्क्वाइड टोलीले चेकजाँचको क्रममा तीनै जनालाई शुक्रबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने २८ वर्षीय सुनिल ढुंगेल, ३९ वर्षीय शिवकुमार महतो र धनौजी गाउँपालिका–४ बस्ने ३६ वर्षीय जयराम मण्डल रहेको सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए।

चितुवाको छाला मोटरसाइकलमा लुकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट चितुवाको शरिरको ५ फिट छाला र पुच्छरसहित गरी ७.५ फिट लम्बाई र ४/४.५ फिट चौडाइको रहेको छाला बरामद भएको हो।

पक्राउ परेका तीनैजनालाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय धनुषामा बुझाइएको प्रहरी उपरीक्षक उप्रेतीले बताए।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ११ : ०४ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित