प्रधानमन्त्रीको ‘एक्सन’ पछि सचिवालयका सबैले बुझाए राजीनामा « Khabarhub

प्रधानमन्त्रीको ‘एक्सन’ पछि सचिवालयका सबैले बुझाए राजीनामा


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयसँग जोडिएका सल्लाहकार तथा सहयोगीहरुले राजीनामा दिएका छन् ।

शुक्रवार प्रधानमन्त्री ओलीले सचिवालयमा रहका सबैलाई बोलाएर राजीनामा गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीले निर्देशन दिएसँगै सल्लाहकार समूहका पदाधिकारी र स्वकीय सचिवालयका पदाधिकारीले शनिवार(आज) राजीनामा दिएका हुन् ।

‘प्रधानमन्त्रीलाई आगामी कदम चाल्न सहज होस् भन्नका लागि सल्लाहकार र सचिवालयका पदाधिकारीले राजीनामा दिएका छौं’ प्रधानन्त्रीको सचिवालयमा रहेका एक जना पदाधिकारीले खबरहबसँग भने ।

राजीनामा दिनेमा मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाहकार डा कुन्दन अर्याल, प्रमुख स्वकीय सचिव इन्द्र प्रसाद भण्डारी, सूचना प्रविधि सल्लाहकार अस्गर अली लगायतका सचिवालयका पदाधिकारी रहेका छन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव रहेका राजेश बज्राचार्यले भने राजीनामा दिनु नपर्ने भएको छ । उनी सचिवालयमा अवैतनिक भएकाले राजीनामा दिनु नपर्ने भएको श्रोतको भनाइ छ ।

प्रधानमन्त्रीको सचिवालय पार्टी नेता कार्यकर्तामाथि नै असहिष्ठु बनेको र प्रधानमन्त्रीलाई गलत विफ्रिङ गर्ने गरेको भन्दै सचिवालयको आलोचना हुने गरेको थियो ।

सचिवालयका सबै सदस्यलाई राजीनामा गर्न लगाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

केही दिन भित्र नै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी प्रधानमन्त्रीले गरेको श्रोतको दाबी रहेको छ । ‘प्रधानमन्त्रीले केही मन्त्रीहरु र केही राजदूतहरुलाई पनि राजीनामा गराउने तयारी गर्नुभएको छ’ श्रोतले भन्यो ।

सरकारको काम कारवाही उत्साहजनक नभएको भन्दै आलोचना बढेपछि ओलीले सरकारको कामकारवाहीलाई प्रभावकारी बनाउने गरि कदम अघि बढाएको श्रोतको दाबी छ ।

मिर्गौलाको डायलाइसिस गरेसँगै प्रधानमन्त्री ओली पछिल्लो केही दिन यता सक्रिय देखिएका छन् । केही दिन अघि मात्र सरकारले यसअघि नियुक्त भएका प्रदेश प्रमुखलाई हटाउँदै नयाँ नियुक्ति गरेको थियो । त्यस्तै नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष र त्रिभुवन विश्व विद्यालयमा उपकुलपति नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ५ : ५३ बजे

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि