विद्युत बिल तिर्न नसक्दा डिजिटल बोर्ड सञ्चालनमा समस्या « Khabarhub

विद्युत बिल तिर्न नसक्दा डिजिटल बोर्ड सञ्चालनमा समस्या


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एल बि मगर

रोल्पा– रोल्पाको प्रवेशद्वार रुन्टिगढि गाउँपालिकाको होलेरी बजारको सार्वजनिक स्थानमा राखिएको डिजिटल बोर्ड विद्युतको बिल तिर्न नसक्दा एक महिना देखि सन्चालनमा आउन सकेको छैन ।

प्रदेश न . ५ को आन्तरिक कानुन तथा मामिला मन्त्रालयको बिपद् ब्यबस्थापन शाखाको आर्थिक सहयोग तथा जिल्ला प्रशासन कार्यालय रोल्पाको प्राबिधिक सहयोगमा केही महिना अगाडि होलेरी बजारको सार्वजनिक स्थान ट्राफिक चेक पोस्टको छेउमा राखिएको डिजिटल बोर्ड सञ्चालनमा नआएको हो ।

नागरिकलाई बिपद् सम्बन्धि जानकारी र विभिन्न चेतनामुलुक सूचनाहरुको जानकारी दिने उदेश्यले बोर्ड राखिएको जिल्ला प्रशासन कार्यालय रोल्पाले बताएको छ । कार्यालयका कम्प्युटर अप्रेटर हर्क बहादुर घर्तीले यस प्रकारका डिजिटल बोर्डहरु जिल्लाका सदरमुकाम सहित प्रमुख बजारहरुको पाँच स्थानमा राखिएको बताए ।

उनले भने, ‘बोर्ड रेखदेख र सन्चालनको जिम्मा सम्बन्धित स्थानीय प्रहरी प्रशासनलाई दिइएको थियो ।’

यता होलेरी स्थित ईलाका प्रहरी कार्यालयले बोर्ड सन्चालनका लागि मासिक रूपमा करिब दुई हजार रुपैयाँको विद्युत बिल आउने भएकाले बिल भुक्तानी गर्न आर्थिक समस्या भएको र सरोकारवाला निकाय कसैले सहयोगको चासो नदेखिएकाले बोर्ड सन्चालन हुन नसकेको बताएको छ ।

यता स्थानीयबासिहरुका भनाइ अनुसार गाउँपालिकाको केन्द्रको रहेको बजारमा रहेको चेतना मुलुक सूचना प्रबाह गर्ने एक मात्र डिजिटल बोर्ड मासिक दुई हजार रुपैयाको विद्युत बिल भुक्तानीको अभावमा बन्द हुनु गाउँमा रहेको स्थानीय सरकार बेखबर हुनु दु:खद पक्ष रहेको बताउँछन् ।
उनीहरुले सरोकारवाला निकायले चासो देखाइ छिट्टै सन्चालन हुनुपर्ने बताए ।

उक्त बजारको बाटो हुँदै दैनिक सयौं सार्वजनिक तथा निजि सवारी साधनहरु छिमेकी जिल्ला दाङ , प्युठान , रुकुम , रोल्पा लगायतका जिल्लामा आवतजावत गर्ने गर्दछ्न् ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ८ : २८ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित