एसिड आक्रमणमा सघाएको आरोपमा एक जना पक्राउ « Khabarhub

एसिड आक्रमणमा सघाएको आरोपमा एक जना पक्राउ


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– साढे छ वर्षअघि हेटौँडाकी विन्दावासिनी कंशाकारलाई एसिड प्रहार गरी फरार भएका दिलीपराज केशरीलाई भगाउन सहयोग गरेको तथा एसिड किन्न सघाएको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौँडाका सञ्जय मण्डल रहेका छन् ।

पक्राउ परेका मण्डलले मुख्य अभियुक्त केशरीलाई एसिड किन्न सघाउनुका साथै एसिड आक्रमणपछि आफ्नो मोटरसाइकलमा राखेर हेटौँडाको वनविज्ञान अध्ययन संस्थानको मुख्य प्रवेशद्वार नजिक पुर्‍याई त्यहाँबाट वीरगञ्जतर्फ जाने बसमा चढाएको आरोप छ ।

विसं २०७० वैशाख ९ गते हेटौँडाकी १९ वर्षीया किशोरी कंशाकारमाथि केशरीले एसिड छ्यापेका थिए । भारतीय नागरिक केशरीलाई बारा प्रहरीको सहयोगमा मकवानपुरको प्रहरी टोलीले कात्तिक १५ गते बाराबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ९ : १६ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु