अयोध्या विवाद : भारतीय सर्वोच्च अदालतको फैसलाको स्वागतमा नेपालमा दीप प्रज्वलन « Khabarhub

अयोध्या विवाद : भारतीय सर्वोच्च अदालतको फैसलाको स्वागतमा नेपालमा दीप प्रज्वलन


२३ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाबरी मस्जिद– राम मन्दिर विवादमाथि भारतीय सर्वोच्च अदालतले गरेको अन्तिम फैसलाको स्वागत गर्दै शनिवार नेपालमा पनि विभिन्न स्थानमा दीप प्रज्वलन  गरिएको छ ।

विश्व हिन्दु परिषद् नेपालले विरगंजमा नेपाल भारत मैत्री युवा संघ सप्तरीको आयोजनामा सप्तरीको राजविराजस्थित जनआन्दोलन चोकमा दीप प्रज्वलन गरेको हो ।

त्यसैगरी वैष्णव संघ नेपाल, विश्व हिन्दु परिषद, हिन्दु जागरण महासंघ, एकल विद्यालय अभियान लगायतले पनि विज्ञप्ति जारी गर्दै भारतीय सर्वोच्च अदालतको निर्णयको स्वागत गरेका छन् ।

भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित भूमि हिन्दूको पक्षमा फैसला गर्दै  मस्जिदका लागि छुट्टै जमिन दिन आदेश दिएको हो।

सर्वोच्च अदालतका मुख्य न्यायधिश रञ्जन गोगोईको अध्यक्षतामा रहेको संवैधानिक इजलासले शनिबार उक्त विवादमाथि फैसला सुनाएको हो । ४० दिनसम्मको लगातार सुनुवाइ १६ अक्टोबरमा सकिएको थियो।

गोगोईले शुक्रबार उत्तर प्रदेश उच्च अधिकारीलाई बोलाएर फैसलाका दिन कानुनी व्यवस्था कडा बनाउन निर्देशन दिएका थिए। फैसलालाई ध्यानमा राखेर अयोध्यामा भारी मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको भारतीय संचारमाध्यामले जनाएका छन्।

सुरक्षाकै कारण उत्तर प्रदेश, कर्नाटक, मध्य प्रदेश, दिल्ली रराजस्थानमा विद्यालय र कलेज बन्द गरिएका छन् ।

यसैबीच, अयोध्यामा राम मन्दिर बनाउने फैसलाको खुशीयालीमा जनकपुरधाममा समेत मिठाइ बाँडिएको छ । रामको ससुराली मानिने जनकपुरधाममा मिठाई बाँड्नुका साथै दिपावली गरिएको हो ।

जानकी मन्दिरका साधुसन्तहरुले मिठाई बाँडेका छन् । दर्शनका लागि आउने श्रद्वालुसहित आवतजावत गर्नेहरुलाई मिठाई बाँडिएको हो ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ९ : ५२ बजे

हर्क साम्पाङ गृहमन्त्री गुरुङ भेट्न सिंहदरबार जाँदै

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी क्षेत्र नं.

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

स्वास्थ्यमन्त्री मेहताको कडा कदम : २१ विशेषज्ञ चिकित्सकको काज फिर्ता

काठमाडौँ – पहुँच र शक्तिको आडमा वर्षौंदेखि सुगम तथा सुविधासम्पन्न

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम