अस्पतालजन्य फोहोरले हेपाटाइटिसदेखि क्यान्सरसम्मको जोखिम | Khabarhub Khabarhub

अस्पतालजन्य फोहोरले हेपाटाइटिसदेखि क्यान्सरसम्मको जोखिम


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अस्पतालहरुले फोहोर व्यवस्थापनमा उचित ध्यान दिन सचेत गराएका छन् ।

स्वास्थ्य संस्थाबाट निस्कने फोहरको व्यवस्थापन सम्बन्धी राष्ट्रिय कार्यशालामा मन्त्री ढकालले अस्पतालहरुमा बिहान-बिहान ट्याक्टरमा हालेर फाल्ने गरेको बताए ।

‘मैले कतिपय अस्पतालमा देखेको छु, बिहान-बिहान ट्याक्टरमा अस्पतालको फोहोर लगेर सार्वजनिक स्थलमा फाल्ने गरेको देखेको छु,’ मन्त्री ढकालले भने, ‘यसले गर्दा अस्पतालका बिरामीलाई त फाइदा होला तर त्यो सार्वजनिक स्थलमा थुपारिएको फोहोरले झनै बढी बिरामी हुनसक्ने देखिन्छ ।’

गोष्ठी र सेमिनार औपचारिकतामा मात्र सीमित हुन नहुने मन्त्री ढकालले बताए । कार्यक्रममा स्वास्थ्य सचिव खगराज बरालले स्वास्थ्य संस्थासँगै अन्य फोहोरले पनि जनजीवन बिगारेको बताए ।

अस्पताल खोल्ने समयमा नै फोहोर व्यवस्थापन हुने नियम भएपनि सो नियम पालना नभएको स्वास्थ्य सचिव बराले बताए ।

‘प्रकृतिमा फोहोर हुँदैन, प्रकृतिले फोहोरलाई आफैले व्यवस्थापना गर्न, फोहोर गर्ने भनेको हामी मानवले हो, सबैभन्दा चेतनशील प्राणी हामी भन्दौं तर फोहोर हामी नै गछौं,’ स्वास्थ्य सचिव बरालले भने, ‘हामीले गर्न हुने र नहुने कामबारे थाहा पाएर पनि गरेका छैनौं ।’

स्वास्थ्य मन्त्रालयको आयोजनामा भएको कार्यशालाको उद्घाटन समारोहमा सहभागिहरुले स्वास्थ्य संस्थाको फोहोर सहि रुपले व्यवस्थापन नहुँदा फोहोर सरसफाइ गर्ने मजदुरहरुमा हेपटाइटिसदेखि क्यान्सर सम्मको रोग लागेको बताएका छन् ।

कार्यक्रममा सहभागिहरुले स्वास्थ्यसंस्था भवन निर्माण गर्दा फोहोर व्यवस्थापनको विषयमा पनि ध्यान दिनुपर्ने बताए ।

अस्पतालहरुबाट निश्किने फोहोरमध्ये ७५ देखि ९० प्रतिशत फोहोर सामान्य किसिमका हुन्छन् भने १० देखि २५ प्रतिशत फोहोर स्वास्थ्यका लागि हानिकारक हुन्छन् । नेपालमा भएको एक अध्ययनका अनुसार अस्पतालको एउटा शय्याबाट एकदिनमा १ दशमलब ७ केजी फोहोर निस्किने गर्छ ।

स्वास्थ्य संस्थाबाट निस्कने फोहरको व्यवस्थापन सम्बन्धी राष्ट्रिय कार्यशाला आजदेखि काठमाडौंमो शुरु भएको हो । कार्यशाला तीन दिनसम्म रहने छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ५ : २७ बजे

जोरपाटी चोकमा ट्राफिक लाइट जडान

काठमाडौं- जोरपाटीसहित आसपासका क्षेत्रमा सडक दुर्घटना न्यूनीकरण तथा सहरी ट्राफिक

नाच्दै-गाउँदै देउसीमा रमाउँदै (तस्बिरहरू)

काठमाडौं– हिन्दुहरूको दोश्रो महानचाड तिहार सकिने चरणमा पुगेको छ ।

पुरुष भलिबलः नेपाल तुर्कमेनिस्तानसँग पराजित

काठमाडौं- बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको

लोकतन्त्रविरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्छन् : मुख्यमन्त्री बानियाँ

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्रविरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट

सरकारले मविरुद्ध षड्यन्त्र गर्‍यो : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूविरुद्ध