भट्टलाईको रिहाइ माग गर्दै डोटीका स्वास्थ्यकर्मीहरु आन्दोलित  « Khabarhub

भट्टलाईको रिहाइ माग गर्दै डोटीका स्वास्थ्यकर्मीहरु आन्दोलित 


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- जिल्लामा रहेका स्वास्थ्यकर्मीहरु मंगलबारदेखि आन्दोलनमा उत्रिएका छन् । गएको मङ्गलबार जिल्लाको जोरायल गाउँपालिका–१ मा पर्ने खार खोप केन्द्रमा स्थानीयवासी नाबालक प्रवीण मल्ललाई डीपीटी पेन्टा खोप लगाएपछि उनको मृत्यु भएको थियो ।

मृत्युपश्चात् पीडित पक्षको किटानी जाहेरीपछि प्रहरीले खोप लगाउने स्वास्थ्यकर्मी हिरादत्त भट्टलाई पक्राउ गरी हिरासतमा राखेको विरोधमा डोटीमा स्वास्थ्यकर्मीले भट्टको रिहाइको माग गर्दै आन्दोलन शुरु गरेका हुन् ।

आन्दोलित स्वास्थ्यकर्मीहरुले विभिन्न सङ्घर्षका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । जसमा आज मङ्सिर २४ गते हातमा कालोपट्टि बाँधेर विरोध गर्ने, २५ गते जिल्लाभरि खोप सेवा बन्द गर्ने र पुस १ गतेदेखि जिल्लाभरि आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने योजना रहेको स्वास्थ्यकर्मी हरिष शाहले बताए ।

उनले भने, “बिनाकसुर हाम्रा सहकर्मी पक्राउ परेका छन्, रिहाइको मागसहित हामीले शान्तिपूर्ण आन्दोलनको शुरुआत गरेका छौँ, हाम्रो आन्दोलनलाई कमजोर नठानियोस् ।”

त्यस्तै आन्दोलनरत स्वास्थ्यकर्मीले प्रजिअ टेकनारायण पौडेलमार्फत गृह सचिवलाई ज्ञापनपत्रसमेत पठाएका छन् । “गएको मङ्गलबार भएको घटनालाई लिएर आफ्नो कर्तव्य निर्वाह गरिरहेका स्वास्थ्यकर्मी हीरादत्त भट्टलाई पीडित पक्षको किटानी जाहेरीपछि जिल्ला प्रहरी कार्यालले पक्राउ गरी हिरासतमा लिई हामी सबै स्वास्थ्यकर्मीको मानसिकका साथै मनोबल खस्कने काम प्रहरीबाट भएको हुँदा स्वास्थ्यकर्मी भट्टको रिहाइको माग गर्दछौँ”, उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  १० : ३० बजे

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी