नक्कली नोट छाप्ने गिरोहका नाइके पक्राउ | Khabarhub Khabarhub

नक्कली नोट छाप्ने गिरोहका नाइके पक्राउ


२४ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलाली जिल्लामा नक्कली नोट छाप्ने गिरोहका मुख्य नाइके भनिएका तेजबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुर घर भएका कार्कीलाई महेन्द्रनगरबाट मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

उक्त गिरोहमा संलग्न भनिएका चारजना गएको साउन महिनामा पक्राउ पर्दा कार्की फरार रहेका थिए । यसअघि पक्राउ पर्नेमा कैलाली चुरे गाउँपालिकाका भोजबहादुर बम र खगेन्द्र रजवार, गधनगढीका पल्लभराज भट्ट र महोत्तरीको बर्दिवासका गोकुल खड्का रहेका थिए ।

पल्लभराजलाई धरौटीमा रिहा गरिएकामा तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । उनीहरुविरुद्ध खोटा चलन शीर्षकमा मुद्दा चलाइएको छ ।

उनीहरुका साथबाट नक्कली नोट छाप्ने उपकरण, नक्कली नोटसहितका सामग्री बरामद गरिएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ८ : ४१ बजे

उपाधि जित्न हैदरावादले कोलकातालाई दियो ११४ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनलमा अहिले

शैक्षिक अवस्था सुधारका लागि अभिमुखीकरण कार्यक्रम

सुन्दरहरैचा – मोरङमा शैक्षिक अवस्था सुधारका लागि सञ्चालन गरिएको अभिमुखीकरण

‘खुस्मा’को छायांकन सम्पन्न

काठमाडौं । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको

नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत

काठमाडौं – नेपालमा ८ सय ४९ विदेशी नर्स कार्यरत रहेको

फिल्म ‘लण्डन टू पेरिस’ को ट्रेलर सार्बजनिक

काठमाडौं । यही जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको