कतार र युएईसँग श्रम नवीकरण हुँदै, ४ देशसँग नयाँ श्रम सम्झौता « Khabarhub

कतार र युएईसँग श्रम नवीकरण हुँदै, ४ देशसँग नयाँ श्रम सम्झौता


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा कामदार आपूर्ति गदै आएका सबै देशसँग अनिवार्य श्रम सम्झौता गर्ने लक्ष्य लिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्लो समय श्रम सम्झौताका लागि रोजगारदाता देशसँगको छलफललाई तीव्रता दिएको छ ।

श्रम मन्त्रालयले दुई देशसँग तत्काल श्रम नवीकरणका लागि प्रक्रिया अघि बढाइरहेको जनाएको छ । मन्त्रालयले कतार र युएईसँग श्रम नवीकरणका लागि आवश्यक छलफल भइरहेको जानकारी दिएको हो । यी देशसँग श्रम सम्झौता भइसकेकाले पुनरावलोकन गरि पुनः श्रम सम्झौता गर्न लागिएको मन्त्रालयले जनाएको छ । कतारसँग सन् २००५ र युएईसँग सन् २००७ एमओयु भएको थियो । साउदी, ओमान, जापान र मौरिसससँग भने नयाँ श्रम सम्झौता गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको लागत न्यूनीकरण गर्न र ठगी रोक्न सरकारले विभिन्न मुलुकसँग श्रम सम्झौताका लागि प्रयास र छलफल गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव तथा वैदेशिक रोजगार महाशाखका प्रमुख डा. रामप्रसाद घिमिरेले बताए ।

‘नेपाल सरकारले तत्काल कतार, युएई र जापानसँग श्रम सम्झौताका लागि टुंगो लागेको छ । एक महिनाभित्र यी देशसँग सरकारीस्तरमा श्रम सम्झौतामा हस्तक्षर हुँदै छ । रोजगारीमा जाने प्रायः सबै देशसँग श्रम सम्झौता गर्ने नीति सरकाले लिएको छ । साउदी ओमान, जापान र मौरिसससँग नयाँ श्रम सम्झौता हुदै छ ।’

श्रम मन्त्रालयले फ्रि भिसा र फ्रि टिकटमै कामदार पठाउने गरी श्रम सम्झौता गर्न लागेको जनाएको छ । रोजगारीमा जाने श्रमिकलाई तल परेर सम्झौता हुने छैन । सहसचिव डा घिमिरेले भने, ‘सबै रोजगारदाता देशसँग समान श्रम सम्झौता हुँदै छ । पारिश्रमिकका आधारमा केही देशमा लागत खर्च बढी लाग्न सक्छ । तर, कामदारको अधिकार सुरक्षित हुने गरि सम्झौता हुन्छ ।’

श्रम मन्त्रालयका अनुसार मौरिसस नयाँ रोजगार गन्तव्य मुलुक नभए पनि खाडीको तुलनामा आकर्षक कमाइ हुने देशभित्र पर्छ । अस्पताल, उद्योगलगायत क्षेत्रमा नेपाली कामदार लैजान मौरिसस तयार देखिएकाले नेपालले श्रम सम्झौताका लागि पहल गरिरहेको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

श्रम मन्त्रालयले यूएई र ओमनमा पुगेर श्रम सम्झौताका लागि दुई देशका प्रतिनिधिबिच छलफल गरिसकेको छ ।
जापानसँगको श्रम सम्झौता अन्तिम चरणमा पुगेको छ । छुट्टै संयन्त्र बनाएर जापानमा कामदार पठाउने विषयमा दुई पक्षबीच छलफल अन्तिम चरणमा पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

श्रम मन्त्रालयले रोजगारीमा जाने कामदारको रोजगार अधिकार, विमा, स्वास्थ्य र अन्तर्राष्टिय श्रमिक संगठन (आइएलओ) को मापदण्डमा रहेको श्रम सम्झौता गरिने सहसचिव घिमिरेले जानकारी दिए ।

कात्तिक १२ गते मलेसियासँग ऐतिहासिक सम्झौता भए पनि अझै मलेसिया रोजगारी खुल्न सकेको छैन । सम्झौता हुन लागेका कतार, यूएई र जापानसँग नयाँ ढंगले सम्झौता गरेर कामदार आपूर्ति गरिने मन्त्रालयको भनाइ छ । बहराइन, इजरायल, जोर्डनसँग श्रम सम्झौता भएपनि सम्झौताको प्रभावकारी कार्यान्वयन नहुँदा कामदार जान सकेका छैनन् ।

सम्झौता भएका दक्षिण कोरिया, जोर्डन र बहराइनमा पनि कम कामदार जाने गरेका छन् । दक्षिण कोरियासँग श्रम सम्झौता भएपछि वार्षिक ५ देखि ७ हजार नेपाली रोजगारी जाने गरेका छन् । गएका ३ दर्शकमा करिब ५३ लाख युवा रोजगारीका खोजीमा विदेशीएका छन् ।

हाल वैदेशिक रोजगारीमा संस्थागत १ सय १० र व्यक्तिगत १ सय ७२ देश नेपाली युवा रोजगारीका खोजीमा जाने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ९ : १५ बजे

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।

दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले दसैँअघि नै उखु

दशैंमा उपत्यकाका ६ ठाउँबाट ग्यास बिक्री गरिने, जुनसुकै ब्राण्डको सिलिण्डर साटफेर गर्न पाइने

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपत्यकामा चाडबाडको समयमा खाना

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी