महिला स्वास्थ्य स्वयंसेविकालाई ६ हजार प्रोत्साहन भत्ता | Khabarhub Khabarhub

महिला स्वास्थ्य स्वयंसेविकालाई ६ हजार प्रोत्साहन भत्ता


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिकाले गाउँपालिकाभरिका महिला स्वास्थ्य स्वयंसेविकालाई एकमुष्ट वार्षिक ६ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिएको छ ।

गाउँपालिकाभरिका ८७ महिला स्वास्थ्य स्वयंसेविकालाई छ हजारका दरले ५ लाख २२ हजार रकम वितरण गरिएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए।

गत वर्ष महिला स्वास्थ्य स्वयंसेविकालाई ५ हजार भत्ता उपलब्ध गराएकामा यो वर्ष १ हजार थप गरेर ६ हजार पुर्‍याइएको अध्यक्ष कार्कीले जानकारी दिए । स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले पु¥याएको योगदानको कदर गर्दै प्रोत्साहन भत्ता दिइएको उनकाे भनाइ छ ।

महिला स्वास्थ्य स्वयंसेविकाले गाउँघरका नागरिकलाई निःशुल्क सेवा दिइरहेका छन् । नागरिकका लागि जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविका खटिने गरेका छन् । स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्न गाउँपालिकाले प्रोत्साहन भत्ता दिइएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन् ।

गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाले गत वर्षबाट प्रोत्साह भत्ता पाइरहेका छन् । गाउँपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराउँदा स्वास्थ्य स्वयंमसेविका धेरै खुशी भएका श्रीकोट स्वास्थ्यचौकीका महिला स्वयंमसेविका गोमती विष्टले बताइन् । गाउँपालिकाले आफूहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदा धेरै सजिलो भएको अर्की स्वास्थ्य स्वयंसेविका जयन्ती ऐरीको भनाइ छ ।

महिला स्वास्थ्य स्वयंसेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप लगाउने, गर्भवतीलाई आइरन चक्की वितरण गर्ने, बालबालिकालाई भिटामिन खुवाउनेलगायत स्वास्थ्यका आधारभूत कुरामा सहयोग गर्दै आइरहेका छन् । गाउँपालिकाका आठ वडामा ८७ महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् । बैतडीका १० स्थानीय तहमा ८३२ महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  १० : ०३ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका