महिला स्वास्थ्य स्वयंसेविकालाई ६ हजार प्रोत्साहन भत्ता « Khabarhub

महिला स्वास्थ्य स्वयंसेविकालाई ६ हजार प्रोत्साहन भत्ता


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिकाले गाउँपालिकाभरिका महिला स्वास्थ्य स्वयंसेविकालाई एकमुष्ट वार्षिक ६ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिएको छ ।

गाउँपालिकाभरिका ८७ महिला स्वास्थ्य स्वयंसेविकालाई छ हजारका दरले ५ लाख २२ हजार रकम वितरण गरिएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए।

गत वर्ष महिला स्वास्थ्य स्वयंसेविकालाई ५ हजार भत्ता उपलब्ध गराएकामा यो वर्ष १ हजार थप गरेर ६ हजार पुर्‍याइएको अध्यक्ष कार्कीले जानकारी दिए । स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाले पु¥याएको योगदानको कदर गर्दै प्रोत्साहन भत्ता दिइएको उनकाे भनाइ छ ।

महिला स्वास्थ्य स्वयंसेविकाले गाउँघरका नागरिकलाई निःशुल्क सेवा दिइरहेका छन् । नागरिकका लागि जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविका खटिने गरेका छन् । स्वास्थ्य स्वयंसेविकाको कामको उच्च मूल्याङ्कन गर्दै काम गर्ने हौसला प्रदान गर्न गाउँपालिकाले प्रोत्साहन भत्ता दिइएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन् ।

गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाले गत वर्षबाट प्रोत्साह भत्ता पाइरहेका छन् । गाउँपालिकाले प्रोत्साहन भत्ता उपलब्ध गराउँदा स्वास्थ्य स्वयंमसेविका धेरै खुशी भएका श्रीकोट स्वास्थ्यचौकीका महिला स्वयंमसेविका गोमती विष्टले बताइन् । गाउँपालिकाले आफूहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदा धेरै सजिलो भएको अर्की स्वास्थ्य स्वयंसेविका जयन्ती ऐरीको भनाइ छ ।

महिला स्वास्थ्य स्वयंसेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप लगाउने, गर्भवतीलाई आइरन चक्की वितरण गर्ने, बालबालिकालाई भिटामिन खुवाउनेलगायत स्वास्थ्यका आधारभूत कुरामा सहयोग गर्दै आइरहेका छन् । गाउँपालिकाका आठ वडामा ८७ महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् । बैतडीका १० स्थानीय तहमा ८३२ महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  १० : ०३ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा