प्रदीप र जसिताको ‘लभ स्टेशन’ ट्रेलर दर्शकले रुचाएका हुन् ? « Khabarhub

प्रदीप र जसिताको ‘लभ स्टेशन’ ट्रेलर दर्शकले रुचाएका हुन् ?


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता प्रदीप खड्का र जसिता गुरुङको मुख्य अभिनय रहेको फिल्म ‘लभ स्टेशन’ को ट्रेलर महाशिवरात्रिको अवसर पारेर गत म‌ंगलबार सार्वजनिक गरिएको थियो । ट्रेलरलाई लिएर सामाजिक सञ्जालमा फ्यानले विभिन्न खाले प्रतिक्रिया दिएका छन् ।

तुलनात्मक रुपमा धेरैले ट्रेलर हेरेर राम्रो प्रतिक्रिया दिएका छन् । केही फ्यानले प्रदीप र जसिताको अनस्किृन जोडी मिलेको बताएका छन् ।

नारायण केसीले युट्युबमा कमेन्ट गर्दै लेखेका छन्, ‘पिके दाइले जब ट्रेलर फाले, विरोधीहरु सब साइड लागे ।’

कतिपयले भने फिल्म ‘लिलिबिली’ मा दुवैको अभिनय मन परेको र दर्शक ‘लभ स्टेशन’ को प्रतीक्षामा रहेको लेखेका छन् ।

‘२० पटकभन्दा धेरैपटक हेरेँ ।’, नेत्र क्षेत्रीले युट्युबको कमेन्टमा लेखेका छन् । यस्तै चन्द्रकला गुरुङले लेखेकी छिन्, ‘फिल्मको ट्रेलरमा खोट लगाउने ठाउँ भेटिन मैले, मन प–यो ।’

दर्शकले प्रदीप खड्काको बढी तारिफ गरेका छन् । यो फिल्मलाई उज्वल घिमिरेले निर्देशन गरेका हुन् भने काफिया फिल्मसको ब्यानरमा फिल्म निर्माण गरिएको हो ।

प्रदीप र जसिताका अलावा रमेश बुढाथोकी, सिरु विष्ट, रवि डंगोल, प्रिया रिजाल, प्रकाश शाह, कालु राना, दिनेश काफ्ले, रश्मी पाण्डे लगायतका कलाकारले समेत अभिनय गरेको यो फिल्ममा कुमार श्रेष्ठको द्वन्द्व, आलोक शुक्लाको डीओपी, शिशिर खातीको कोरियोग्राफी र सुवास सिंह बस्न्यातको कथा छ ।

प्रदीप र जसिताको रोमान्टिक लभ स्टोरी देखाइएको यो फिल्म चैत्र २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ५ : १७ बजे

कांग्रेस संस्थापनको तयारी : बालुवाटारमा कुरा नमिले गगन-विश्वप्रकाशलाई सानेपाबाट निष्कासन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगन

विशेष महाधिवेशन शतप्रतिशतका लागि हो, ४० प्रतिशत भाग खोज्न हैन : सुवास पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक

विशेष महाधिवेशन पक्षधरबारे दीपक खड्का : वार्तामा कुरा नमिले निष्कासन गरिन्छ

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्काले विशेष महाधिवेशन पक्षधर गगन

खेलकुदमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको सुझाव : दशौँ राष्ट्रिय खेलकुदको तयारी गर्नुहोस्, सहयोग गर्छौँ

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका

कांग्रेस विशेष महाधिवेशन : मनोनयन दर्ता साढे छ बजेपछि मात्रै हुने

काठमाडौं– नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले फाराम वितरणको काम