५० लाख माग्दै सांसदलाई मार्ने धम्की, मुद्दा मिलाउन न्यायाधीशलाई ५ लाख « Khabarhub

५० लाख माग्दै सांसदलाई मार्ने धम्की, मुद्दा मिलाउन न्यायाधीशलाई ५ लाख


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राप्रपा नेपालका सांसद राजेन्द्र लिङदेनले टिवट्मार्फत केही चार प्रश्न गरे । उनले लेखेका थिए, के कसैले पचास लाखको लोभमा म माथि गोली चलाउन सक्ला ? के मलाई गोली हनन पचास लाख खर्च गर्ने कोही होलान् त ? के कसैले गोली ठोक्लाकी भनेर राजेन्द्र लिङ्देन बाटो छोडेर हिँड्छ भनेर कसैले सोचेको होला ? के निर्धारित मिति भन्दा एकैक्षण पर बाँच्ने तागत कसैसँग होला ? के निर्धारित मिति भन्दा एकैक्षण पर बाँच्ने तागत कसैसँग होला ?

झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित संसद्को यस्तो ट्विट त्यति बेला आएको थियो, जतिबेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले झापाका तिलकदास पराजुलीलाई पक्राउ गरेको थियो। एनसेल र नेपाल टेलिकमको नम्बर भएको दुई फरक–फरक नम्बरबाट सांसद लिङदेनलाई ५० लाख नदिए ज्यान लिने धम्की आएको थियो। कान्तिपुरसँगको कुराकानीमा उनले आफूलाई ज्यान लिनेसम्मको धम्की आएको र पैसाको माग भएको बताए। सांसद लिङदेनकै सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोले झापा घर भएका तिलकदास र हुम्ला घर भएका प्रदीप रोकायलाई पक्राउ गरेको कान्तिपुरमा खबर छ।

सांसद लिङदेनका अनुसार उनलाई सुरुमा एक जना अपरिचितले हृवाट्सएपमा तपाईँलाई मार्न एक जना मान्छे लागेको र उक्त मान्छेबाट तपाईँलाई खतरा हुने भएकाले जोगिएर हिँड्न शुभेच्छुकका हैसियतले सूचना दिएको बताएका थिए। सांसद लिङदेनका अनुसार ती शुभेच्छुक भन्नेले अरू पार्टीका मान्छे मिलेर ज्यान लिने योजना बनाएको र कसैलाई पैसा दिएर ज्यान मार्ने जिम्मा दिइएको बताएका थिए।

यस्तो सूचना पाएको केही दिनमै नयाँ नम्बरबाट ह्वृाट्सएपमा हिन्दी भाषामा भ्वाईस म्यासेज आएको थियो। ती व्यक्तिले घरबाट बाहिर निस्कन साथ मार्दिने र त्यसका निम्ति ५० लाखमा कुरा भएको बताएका थिए। बारम्बार नयाँ नम्बरबाट धम्कीयुक्त भ्वाईस म्यासेज आएको र ज्यान लिनका निम्ति सुपारी लिएको बताउनेले पैसाको माग गरिएको उनले बताए। हप्तादिनभन्दा बढी यस्तै म्यासेज आइरहेपछि लिङदेनले यो सूचना केन्द्रीय अनुसन्धान ब्युरोलाई दिएका थिए।

ब्युरो प्रवक्ता एसपी उमा चर्तुवेदीका अनुसार झापामा म्यानपावर एजेन्ट बनेर काम गर्दै आएका तिलकदास पराजुलीले सांसद लिङदेन सहित अन्य ५ जनालाई धम्काएर पैसा असुल्न खोजेको विषयमा सूचना आएको बताए। प्रहरीका अनुसार टर्की, मंगोलिया र मलेसिया पठाउने भन्दै ६ जनाबाट १६ लाख उठाएपछि भाग्दै हिँडेका थिए। पीडितहरूले आफ्नो फसेको रकम उठाउन उनी पराजुली विरुद्ध प्रहरीमा उजुरी मात्रै दिएका थिएनन् आफ्नो पैसा दिन दबाब पनि दिइरहेको थिए।

मुद्दा मिलाउन न्यायाधीशलाई ५ लाख शीर्षकको समाचारमा मुद्दा प्रभावित पार्न एक जना जिल्ला न्यायाधीश र फलफूल व्यापारीबीच रकम लेनदेन भएको खुलेको छ । राजविराजका व्यापारी सागरकुमार साहले जिल्ला अदालत सप्तरीका तत्कालीन न्यायाधीश श्यामसुन्दर अधिकारीको बैंक खातामै ५ लाख रुपैयाँ जम्मा गरेको भन्दै न्यायपरिषदमा उजुरी परेको छ । न्यायाधीश अधिकारी जिल्ला अदालत कालिकोटमा छन् । सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरका मनोजकुमार साहले न्यायाधीश अधिकारीले सागरकुमार साहमार्फत आफ्नो मुद्दा प्रभावित गर्न लिएको भन्दै हुलाकबाट शुक्रबार न्यायपरिषदमा उजुरी दिएका थिए ।

त्यस्तै पत्रिकाले कर्मचारी समायोजनमा समस्या नै समस्या, डाक्टरको रोजाईमा कर्णाली परेन, सरकार संवादहीन, तीन महिनाभित्रै एनसेलबाट करलगायतका समाचारलाई प्राथमिकताका साथ छापेको छ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ६ : ३२ बजे

आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम– तापक्रम वृद्धिभएसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको

मुग्लिन–नारायणगढ सडक खुलेलगत्तै जलविरेमा तीन सवारी ठोक्किए, यातायात पुनः अवरुद्ध

चितवन – सुरक्षा संवेदनशीलताका कारण रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड

गोरु पाल्ने किसानलाई प्रोत्साहन

गण्डकी– पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित

परम्परागत सीप संरक्षणमा हेटौँडा उपमहानगरको जोड

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप, कला र पेसाको संरक्षणमा जोड